नवलपुर

गैडाकोटको हर्दीमा पहिलोपटक बिजुली बल्यो

Banner

नवलपुर,असार ७-

हालसम्म विद्युतिकरणको सुविधा नपुगेको गैडाकोट नगरपालिका ३ हर्दीमा बिजुली बलेसंगै स्थानियबासी खुसी भएका छन् । शुक्रबार गैडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेलले मिटरबक्सको स्वीच अन गरेपछि हर्दीमा पहिलोपटक बिजुली बल्यो ।

हर्दीका स्थानिय सोम भुजेल गाँउमा पहिलोपटक बिजुली बलेपछि दंग हुनुहुन्छ । धिपधिपे टुकी र सोलारको मधुरो बत्तीमा रात काट्दै आउनुभएका भुजेल बत्ती बाल्न पाएपछि जनप्रतिनिधिलाई बर्षैदेखि गर्दै आएको गुनासो सम्बोधन भएको बताउनुभयो । गैडाकोट नगरपालिका र हर्दीको दूरी खासै नभए पनि बिजुली पुगेको थिएन् । ‘हामीले जनप्रतिनिधि निर्वाचित भएर आएपछि पहिलो प्राथमिकतामा बिजुली बल्लुपर्छ भन्ने माग राख्यौं, उहाँले भन्नुभयो’, ढिलै भएपनि बिजुली बाल्न पाँउदा खुसी छौं ।’ उहाँले जनप्रतिनिधि र स्थानियको दोडधुप र मेहनतले बिजुली बल्न सम्भब भएको बताउनुभयो । ‘पहिले मट्टितेल र सोलारको मधुरो उज्यालो हुन्थ्यो,’ उहाँले भन्नुभयो’ खाना पकाउन, रेडियो सुन्न, टिभी हेर्न, मोबाइल चार्ज गर्न सहज हुनेभयो । ’ बिजुली बलेपछि हर्दीका ६७ घरधुरी उज्यालोमा बस्न पाउने छन् । सुरुमा १९ घरमा मिटर बक्स जडान गरेर बिजुली बालिएको छ भने १५ दिनभित्र अन्य घरधुरीमा पनि बिजुली बाल्ने तयारी गरिएको छ ।

नेपाल विद्युत प्राधिकरणको करिब ३५ लाख र नगरपालिकाको विद्युतीय सामाग्री ढुबानी लगाएतको सहयोगमा बिधुतिकरण सम्पन्न गरिएको हो । देबघाटदेखि हर्दीको ट्रान्सफर्मरसम्म ३० वटा पोल प्रयोग भएका छन् भने घरघरमा बत्ती पु¥याउन ४० वटा पोल प्रयोग गरिएको छ ।

गैडाकोटका ग्रामिण क्षेत्रलाई उज्यालो बनाउने अभियान अन्तगरत हर्दीमा विजुली बालिएको नगरप्रमुख पौडेलले जानकारी दिनुभयो । उहाँले निर्वाचनका बेला जनतासंग गरेको बाचा पुरा गरेको बताउनुभयो । उहाँले निर्वाचित भएपछि छ महिनाको वीचमा विद्युती ल्याउन चितवनतर्फबाट प्रयास गरेको भन्दै विविध कारणले अबरोध भएको बताउनुभयो । डेढ बर्षको मेहनत पछि बिजुली बलेको भन्दै संमृद्ध गैडाकोट अभियान रुपरेखा कोरिसकिएको उहाँले बताउनुभयो ।

पौडेलले केही छिटपुट घर बाहेक सबै घरमा यो आर्थिक बर्षभित्रै विजुली पुग्ने प्रतिबद्धता जनाउनुभयो । वडा नम्बर ३ मा नै सात करोडको खानेपानी बिस्तार गरेको उहाँले बताउनुभयो । उहाँले कालिगण्डकीबाट लिफ्टको माध्यामबाट स्थानियलाई सिँचाइको सुविधा प्रदान गरिने बताउनुभयो । ‘विद्युत बलेसंगै हर्दी क्षेत्रलाई पर्यटकिय गन्तव्य बनाउने हो,उहाँले भन्नुभयो’,यहाँ होमस्टे निर्माण गर्न नगरपालिकाले सहयोग गर्छ ।’ उहाँले नागरिकलाई उत्पादनमूलक काममा लाग्न आग्रह गर्दै नगरपालिकाको लगानी त्यसतर्फ हुने विश्वास दिलाउनुभयो ।

नेपाल विद्युत प्राधिकरण गैडाकोट शाखाका प्रमुख सुजन रिजालले हर्दीमा विद्युतीकरणका लागि प्राधिकरणसंगै स्थानियले पनि श्रमदान गरेको बताउनुभयो । उहाँले विद्युत नियमित गराउन प्राधिकरणका तर्फबाट अधिकतम प्रयास गरिने भन्दै स्थानिय पनि विद्युतको प्रयोगमा सचेत बन्नुपर्ने बताउनुभयो । सिँचाइ प्रयोजनका लागि बोरिङ्ग र कालिगण्डकीबाट लिफ्ट सिँचाई ल्याउन समेत सकिने गरी ५० केभिएको ट्रान्सफर्मर राखिएको छ,उहाँले भन्नुभयो ।

गैडाकोट नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष शिवकान्त तिवारीले लामो समयको प्रायासपछि गाउँमा बिधुत बाल्न सफल भएको बताउनुभयो । उहाँले विद्युतिकरणसंगै गाँउमा बिकासको ढोका खुलेको धारणा राख्नुभयो । ‘विद्युतका लागि डेढबर्ष निरन्तर लाग्यौं,उहाँले भन्नुभयो’,यसमा स्थानियको पनि साथ र सहयोग महत्वपूर्ण रह्यो ।’ उहाँले काम गर्नेलाई जस दिन र उत्साहा जगाउन सक्नुपर्ने भन्दै खुट्टा तान्ने प्रबृत्ती अन्त्य हुनुपर्ने बताउनुभयो । हर्दी गैडाकोटको निकटको दुर्गम बनेको भन्दै उहाँले निर्वाचनका बेला गरेका प्रतिबद्धता क्रमशः पुरा गर्दे लैजाने प्रतिबद्धता जनाउनुभयो । बर्षैदेखिको बिजुली बाल्ने सपना अहिले पुरा भएको भन्दै उहाँले बिजुली बलेपछि गाँउको मुहार फेरीने विश्वास व्यक्त गर्नुभयो ।कार्यक्रममा वडा नम्बर ५ का वडाध्यक्ष नवराज कंडेल लगाएतको उपस्थिति रहेको थियो ।

तस्विरः रासस/नारायणी अनलाईन

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>