क्रिकेट

विश्वकप क्रिकेटः श्रीलंकाले इङल्याण्डलाई हरायो

Banner

काठमाडौं, असार ७–

लसिथ मालिंगाले र धनञ्जय सिल्भा चम्किएपछि विश्वकपको दावेदार टिम घरेलु टोली इङल्याण्डलाई एशियाली मुलुक श्रीलंकाले पराजित गरेको छ । शुक्रबार भएको खेलमा श्रीलंकाले इंग्ल्याडलाई २० रनले पराजित गर्‍यो ।

२३२ रनको लक्ष्य पछ्याएको इङल्याण्ड ४७ ओभरमा २१२ बनाउँदै अलआउट भयो । श्रीलंकाका लसिथ मालिंगाले चार तथा धनञ्जय सिल्भाले तीन विकेट लिए । इंग्ल्याण्डलाई हराउनका लागि इशुरु उडानाले पनि दुई विकेट लिए । ब्याटिङतर्फ इंग्ल्याण्डका बेन स्टोक्सले अविजित ८२ रनको योगदान दिए । यस्तै जो रुटले ५७ रन बनाएका थिए । अन्य ब्याट्म्यान राम्रो प्रदर्शन गर्न सकेनन् ।

यसअघि टस जितेर ब्याटिङ रोजेको श्रीलंकाले ५० ओभरमा ९ विकेट गुमाउँदै २३२ रन बनाएको थियो । श्रीलंकाका लागि एन्जेलो म्याथ्युजले अविजित ८५ रनको योगदान दिए भने अविस्का फर्नाण्डोले ४९, कुशल मेन्डिसले ४६ र धनन्जया डि सिल्भाले २९ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् । बलिङमा जोफ्रा आर्चर र मार्क उडले तीन–तीन विकेट लिए भने आदिल रसिदले दुई विकेट हात पारे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>