नवलपुर

मिडिया काउन्सिल विधेयकविरुद्ध संकलित हस्ताक्षर प्रधानमन्त्रीलाई बुझाईयो

Banner

विजयय चालिसे,

कावासोती, असार ६–

नेपाल पत्रकार महासङ्घ नवलपुर शाखाले केन्द्रको परिपत्र अनुसार मिडिया काउन्सिल विधयेकविरुद्ध संकलन गरिएको हस्ताक्षर प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको छ ।

आज बिहान जिल्ला प्रशासन कार्यालय नवलपुर मार्फत प्रधानमन्त्री ओलीलाई संकलित हस्ताक्षर बुझाईएको पत्रकार महासङ्घ नवलपुरका अध्यक्ष होमराज रानाभाटले जानकारी दिए । संकलित हस्ताक्षर बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी चुणामणी गौतमले हस्ताक्षर प्रधानमन्त्री ओलीसमक्ष पठाउने प्रतिवद्धता ब्यक्त गरे ।

सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयक फिर्ता लिन माग राख्दै नेपाल पत्रकार महासंघले घोषणा गरेको तेस्रो चरणको आन्दोलन अन्तर्गत मंगलबारदेखि देशव्यापी प्रेस स्वतन्त्रताको पक्षमा हस्ताक्षर संकलन अभियान सुरु गरिएको थियो । विधेयकमा भएका प्रेस स्वतन्त्रताविरुद्धका प्रावधानहरु अविलम्ब फिर्ता लिन माग राख्दै महासंघले दुई चरणमा आन्दोलन गरेपनि सरकारले आन्दोलनलाई उपेक्षा गरेपछि तेस्रो चरणको आन्दोलन घोषणा गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>