नवलपुर

बौदीकालीमा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु

Banner

ज्ञानु पंगेनी,

नवलपुर, असार ५–

नवलपुर जिल्लाको पहाडी क्षेत्र बौदीकाली गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम बिहीबारदेखि सुरु भएको छ ।
बौदीकाली गाउँपालिका–३ रकुवा र ५ बबोकमा काम शुरु गरिएको हो । रकुवामा १४ जना र बबोकमा १० जना व्यक्तिलाई १५ दिनको लागि रोजगार दिईएको हो ।

रकुवाको दुई सय १४ जनाले बेरोजगार फारम भरेको मध्ये १४ जनाले नयाँछाप बराजुथानको गोरेटोबाटो निर्माण गर्ने वडा नम्बर ३ का वडा अध्यक्ष यामबहादुर ठाडाले बताए ।

यसैगरी बबोकमा एक सय १८ जनाले बेरोजगार फारम भरेकोमा १० जनाले बबोकको चापाभञ्जाङ्गदेखि निरन्दीखोला सम्मको मिलिजुली मोटरबाटो निर्माणमा काम दिएको वडा नम्बर ५ का कार्यवाहक अध्यक्ष दलबहादुर खरुले बताए ।

बौदीकालीका एक हजार तीन सय जना व्यक्तिले बेरोजगार फारम भरेकोमा यस आर्थिक वर्षमा ससर्त अनुदान ९ लाख बजेटबाट जम्मा ८० जनालाई १५ दिन रोजगार प्रदान गरिने बौदीकाली गाउँपालिकाका प्रधानमन्त्री रोजगार कार्यक्रम संयोजक अर्जुन सुनारले जानकारी दिए । उनका अनुसार यस गाउँपालिकाका ६ वटै वडामा रोजगार कार्यक्रम मार्फत बाटो हेरालु, बाटो निर्माण र बाटो ग्रावेलिङको काम गरिने छ । कुल बजेटको ७० प्रतिशत ज्यालामा र २५ प्रतिशत सामग्री औजार खरिद, व्यवस्थापनमा खर्च गरिने संयोजक सुनारको भनाई छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु भएपछि यहाँका बेरोजगार युवामा आशा र उत्साह जागेको छ । नवलपुरका आठ वठा स्थानीय तहमध्ये देवचुली, बुलिङ्गटारले प्रधानमन्त्री रोजगार कार्यक्रम लागु गर्न सूचना प्रकाशित गरेका छन् । अबको केही दिनमै कार्यक्रम सुरु गर्ने जनाएका छन । यसबाहेकका अन्य स्थानीय तहले भने कार्यक्रम सुरु गर्नेतर्फ कुनै पनि तयार गरेका छैनन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>