नवलपरासी

नवलपरासीमा लागुऔषधसहित पाँच जना पक्राउ

Banner

ज्ञानु पंगेनी,

नवलपुर, असार ५–

लागुऔषधसहित प्रहरीले नवलपरासीका विभिन्न स्थानबाट पाँच जनालाई पक्राउ गरेको छ ।

पूर्वपश्चिम राजमार्ग अन्र्तगत नवलपरासीको चालिस किलो स्थित जंङ्गलमा राजर्मागमा खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा तीन जनालाई लागुऔषधसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गोरखा पालुङटार घर भएका २२ वर्षीय पूर्णमान श्रेष्ठ, नवलपरासी गैंडाकोट बस्ने १८ वर्षीय विनोद वि.क. र पाँचथर तुम्बेवा गाउँपालिका बस्ने १८ वर्षीय कबिर योञ्जन रहेका छन् । उनीहरुको साथबाट चार सय ८४ थान लागुऔषध ट्याब्लेट बरामद भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ ।

यस्तै नवलपरासीको भारतीय सिमावर्ती क्षेत्र पाल्हिनन्दन गाउँपालिका–५ चमनटोलाबाट दुई जना लागुऔषधसहित पक्राउ परेका छन् । रामग्राम नगरपालिका बस्ने २५ वर्षीय लक्षु लोहार र ३८ वर्षीय राकेश कुमार भन्ने वुद्धदेव दत्तलाई प्रहरीले डाईजपाम, फेनरागन, बुप्रिनुर्फिन सय/सय एम्पुल गरी तीन सय एम्पुल लागुऔषधसहित पक्राउ परेका हुन् ।

पक्राउ परेकाहरुलाई लागुऔषध नियन्त्रण ऐन अनुसार कारवाही प्रक्रिया अगाडी बढाएको प्रहरी नायव उपरीक्ष वीरेन्द्र थापाले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>