नवलपुर

कावासोतीमा दुई करोड ५० लाखमा नयाँ खानेपानी योजना सुरु

Banner

नवलपुर, असार ५

नवलपुरको कावासोतीमा जिल्लास्थित सरकारी कार्यालय स्थापना गर्ने स्थलमा खानेपानीको योजना सुरु गरिएको छ ।

नवलपुरको सदरमुकामस्थित कार्यालय निर्माणस्थलमा खोनेपानीका लागि डिप बोरिङ र होभर हेड ट्याङ्की निर्माण गर्न लागिएको हो । कावासोती–३, राममन्दिरमा रहेको १८७ बिघा क्षेत्रफलमा विभिन्न सरकारी कार्यालय स्थापना गर्ने योजना बनाइएको छ । स्थानीय, प्रदेश र संघ मातहतका जिल्लास्तरका एकीकृत कार्यालय स्थापना गर्ने भनिएको यस स्थानमा पानीको व्यवस्थापन गर्न लागिएको हो ।

गण्डकी प्रदेश सरकारले समेत केही दिनअघि सार्वजनिक गरेको बजेटमा नवलपुरमा कार्यालय व्यवस्थापन गर्ने जनाएको छ । कार्यालय स्थापनाको समयमा समेत पानीको आवश्यकता हुने भएकाले यस क्षेत्रमा डिप बोरिङ गाड्ने काम सुुरु गरिएको हो । कावासोती नगरपालिका र कावासोती खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको संयुक्त लगानीमा ओभरहेड ट्याङ्की र डिप बोरिङ निर्माणको काम सुरु गरिएको हो । कावासोती नगरपालिकाबाट नेपाल सरकारको स्थानीय तहलाई दिने विशेष अनुदानको एक करोड ५० लाख र कावासोती खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको एक करोड गरी कूल दुई करोड ५० लाखको लागतमा खानेपानीको योजना निर्माण गर्न लागिएको कावासोती नगरपालिका प्रमुख प्रशासकीय अधिकृत रोशन ज्ञवालीले बताए ।

यस योजनाबाट सदरमुकाममा निर्माण हुने कार्यालयसँगै कावासोती नगरपालिका–३ ४ र ९ लगायतका वडाका स्थानीयवासीलाई समेत शुद्ध खानेपानी पु¥याउन सहयोग पुग्ने कावासोती नगरपालिका प्रमुख चन्द्रकुमारी पुनले बताइन् । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>