नवलपुर
खानेपानी सरसफाइ तथा स्वच्छता तालिम

देवचुली, असार ४–
खानेपानी सरसफाइ तथा स्वच्छता तालिम बुधबारदेखी भीमसेन आदर्श मा.वि. देवचुलीमा सुरु भएको छ । देवचुली नगरपालिकाको समन्वयमा दिगो खानेपानी तथा क्षमता अभिवृद्धि परियोजना (नापावास)को आयोजनामा देवचुली नगरपालिकाको वाड नं. ६, ७, ८ र ९ मा रहेका विद्यालयका विद्यार्थी, अभिभावक तथा शिक्षकका लागि तालिमको आयोजना गरिएको हो ।
विद्यालयहरुमा खानेपानी तथा सरसफाइको अवस्था जानकारी लिने, खानेपानी सुधारका लागि गर्नुपर्ने कार्यहरुका बारेमा छलफल गर्नुका साथै सरसफाइ सम्बन्धि जनचेतना जगाउने उद्देश्यले असार ६ गतेसम्म तालिमको आयोजना गरिएको परियोजना संयोजक प्रवीण घिमिरेले जानकारी दिए ।
भीमसेन आदर्श मा.वि.का सहायक प्रधानाध्यापक अग्निधर भुसालको अध्यक्षता भएको कार्यक्रमको सहजीकरण सरसफाइ तथा स्वच्छता विज्ञ चन्द्र विष्टले गरेका थिए । तालिममा प्रत्येक विद्यालयबाट २ जना विद्यार्थी, २ जना शिक्षक र १ जना विद्यालय व्यवस्थापन समिति सदस्यसहित ५ विद्यालयका २५ जनाको सहभागिता रहेको छ ।