कालिका

कालिकाकोे नीति तथा कार्यक्रम: सबै गरिबलाई आवास

Banner

चितवन, असार ४-

चितवनको कालिका नगरपालिकाले गरिबलाई घर निर्माण लगायतका योजनासहितको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

आज सार्वजनिक गरेको आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रममा गरिबलाई घर दिन मेयर आवास कार्यक्रम ल्याइएको छ । कार्यक्रम सार्वजनिक गर्दै नगर प्रमुख खुमनारायण श्रेष्ठले आगामी आर्थिक वर्षदेखि मेयर आवास कार्यक्रम सुरुवात गरिने बताए । नगरको विकट क्षेत्र सिद्धिबाट यो कार्यक्रम सुरु हुने छ ।

सिद्धिमा १०० घर निर्माण गर्ने नीति लिइएको प्रमुख श्रेष्ठले बताए । संघीय र प्रदेश सरकारसँग समन्वय गरेर भूमिहिन बाढीपीडित र अव्यवस्थित रुपमा बसोबास गरेकालाई जनताको आवास हक सुनिश्चित गर्ने उद्देश्यका साथ मेयर आवास कार्यक्रम लागू गरिने उनको भनाइ छ ।

कालिका नगरपालिकाले शिक्षा, स्वास्थ्य, पूर्वाधार निर्माणलाई समेत प्राथमिकता दिने जनाएको छ । सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन यातायातको व्यवस्थादेखि एक विद्यालय एक फूलबारी कार्यक्रम समेत सञ्चालन गरिने नगर प्रमुख श्रेष्ठले बताए । त्यस्तै विद्यार्थी भर्ना प्रोत्साहन, दिवा खाजा कार्यक्रम सञ्चालन गरिने उनले बताए ।

शिक्षा बिना नगर समृद्ध बन्न सक्दैन नगर प्रमुख श्रेष्ठले भने, ‘नगरको शैक्षिक गुणस्तर बढाउन शिक्षक शिक्षिकाको क्षमता विकासदेखि विद्यालयको भौतिक पूर्वाधारमा सुधार र यातायातको व्यवस्था गरिनेछ ।’ नगरपालिकाको शैक्षिक गुणस्तरमा भूमिका निर्वाह गर्ने शिक्षकहरु र विद्यार्थीलाई पुरस्कृत गर्ने नगरपालिकाको योजना छ । यसैगरी नगरपालिकाको प्रत्येक वडामा स्वास्थ्य चौकी पु¥याउने नीति अवलम्वन गरिने जनाएको छ । नगर भित्र १५ शैयाको अस्पताल निर्माण, सञ्चालन गरी विषेशज्ञ डाक्टरको सेवा प्रवाह गर्ने नगर प्रमुख श्रेष्ठले बताए ।

नगर समृद्धिको आधार पशुपालन र कृषि क्षेत्र भएकाले यसको विकास गर्ने कालिका नगरपालिकाले नीति लिएको छ । महिलाहरुको सम्पती माथिको अधिकार मात्र नभई पूँजि माथि समेत अधिकार स्थापित गर्न महिलाहरुलाई उद्यमी बनाउन सशक्तिकरण गर्दै लैजाने नीति लिएको छ । नगर भित्र रहेको पर्यटकीय क्षेत्रलाई विकास गर्ने नगरपालिकाले जनाएको छ । सिन्ती झरना, चित्राम झरना, पर्यटन पदमार्ग, चेपाङ बस्तीमा होमस्टे तथा उपरदाङगढी सम्मको हाइकिङको व्यवस्था गर्ने मेयर श्रेष्ठले बताए । नगर सभामा नगर प्रमुख श्रेष्ठले ६७ बुँदे नीति तथा कार्यक्रम पेस गरेका थिए ।

ती बुँदाहरुमा नगर सभाको अर्को बैठकमा छलफल हुने नगरपालिकाका उपप्रमुख कमला भट्टराईले जानकारी दिइन् । नगर सभाका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य कृष्णभक्त पोखरेलले संघीयताको नयाँ प्रणालीलाई स्थापित गराउन स्थानीय तहको भूमिका महत्वपूर्ण हुने बताए । प्रदेश सांसद घनश्याम दाहालले नगरपालिकाले लिएको नीति तथा कार्यक्रम सतप्रतिशत सम्पन्न गर्ने गरी सक्रिय हुन आग्रह गरे । कार्यक्रममा उपमेयर कमला भट्टराई, वडाध्यक्षहरु, कार्यपालिका सदस्य तथा वडा सदस्यहरुको सहभागिता रहेको वडा नं ६ का वडाध्यक्ष विनोद रेग्मीले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>