अन्तर्राष्ट्रिय

अमेरिकाले मध्यपूर्वमा थप एक हजार सैनिक खटाउने

Banner

वासिङटन, असार ४-

संयुक्तराज्य अमेरिकाले मध्यपूर्वमा थप एक हजार जना सैनिक पठाउने तयारी गरेको छ ।

इरानसँग पछिल्लो समयमा तनाव उत्पन्न भइरहेकै बेला अमेरिकाको यो निर्णय आएको अधिकारीहरुले जनाएका छन् ।
अमेरिकी कार्यबाहक रक्षामन्त्री प्याट्रिक सानाहनले सो जानकारी दिएको अमेरिकी अखबारहरुले जनाएका छन् ।
कार्यबाहक रक्षामन्त्री प्याट्रिकले भनेका छन्, ‘मैले मध्यपूर्वमा प्रतिरक्षात्मक प्रयोजनका लागि थप एक हजार जना सैनिक पठाउने अनुमति दिएको छु ।’

ती सैनिक हवाई र स्थल सैन्यसमेत रहेका उनले जानकारी गराएका छन् । उनले यस विषयमा पहिले नै अमेरिकी प्रशासनले सहमति दिइसकेको जानकारी एक विज्ञप्तिमार्फत गराएका हुन् । उनले ती सैनिकहरु अमेरिकी केन्द्रीय सैन्य कमाण्ड (सेन्टकोम)को अनुरोधमा पठाइएको जानकारी पनि दिएका छन् ।  यतिखेर अमेरिकाको इरानसँगको सम्बन्ध झन नराम्रो बन्दै गएको छ । यस शत्रुतापूर्ण सम्बन्धका कारण इरानीहरुले मध्यपूर्वमा अमेरिकी सैनिकलाई पनि धाकधम्की देखाउने गरेकाले थप सैन्य पठाउनु परेको उनले बताए ।

कार्यबाहक रक्षामन्त्री प्याट्रिकले भने, ‘हामी इरानसँग कुनै पनि किसिमको शत्रुता चाहँदैटनौँ, तर पनि हामीमाथि भएका यी विरोधी क्रियाकलापहरुको भने हामीले राम्रैसँग अनुगमन गरिरहेका छौँ ।’ खाडी राष्ट्र ओमानमा हालैमात्र दुई ओटा तेल ट्यांकरमाथि आगलागी भएको थियो । ती ट्यांकरमा अज्ञात व्यक्तिहरुले हमला गरी आगो लगाएका थिए ।

उक्त हमलाको केही दिनपछि अमेरिकी प्रशासनको यो निर्णय आएको छ किनभने ओमानमा भएको सो हमला इरानले गरेको अमेरिकी प्रशासनले दाबी गरेको छ । त्यहाँ यसअघि पनि अमेरिकी सैन्य खटि आएका छन् । अमेरिकाले थप एक हजार जना पठाउने निर्णय गरेको हो । रासस÷एपी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>