नवलपुर

बोनम्यारो पीडित बालकलाई आर्थिक सहयोग

Banner

कावासोती, असार ३–

बोनम्यारो रोगबाट पीडित बालकलाई जापानस्थित नवलपरासी समाजले आर्थिक सहयोग गरेको छ ।

कावासोती नगरपालिका–२ निवासी ११ वर्षीय बालक निरज गौडेलको उपचारका लागि रोजगारीका सिलसिलामा नवलपरासीबाट जापान गएका नेपालीहरुको उक्त समाजले रु चार लाख २० हजार ५८६ प्रदान गरेको हो । समाजका सल्लाहाकार यादव केसी र महासचिव कृष्ण ढुङ्गानाको पहलमा जापानमा रहेका नवलपरासीका १३८ जनाबाट सहयोग रकम सङ्कलन गरिएको थियो ।

सो सहयोग रकम कावासोती नगरपालिकाका प्रमुख चन्द्रकुमारी पुनले हस्तान्तरण गर्नुभएको हो । पीडित बालक निरोजको हाल दिल्लीस्थित गङ्गाराम अस्पतालमा उपचार भइरहेको छ । दुई महीनादेखि उपचारमा रहेका उनको उपचारका लागि करीब रू ५० लाख लाग्ने जनाइएको छ ।

आर्थिक अभावका कारण उपचारमा समस्या भएसँगै स्थानीयस्तरमा निरोज बचाऊ अभियान नै सञ्चालन गरेर आर्थिक सङ्कलन थालिएको हो । उपचारका लागि हालसम्म रु १९ लाख दश हजार २३६ सङ्कलन भएको रकम सङ्कलन अभियानका सदस्य तथा मालपोत टोल विकास संस्थाका अध्यक्ष हरि न्यौपानेले बताए ।

बालकको उपचारका लागि अझै रकम अभाव भएको निरजका बुबा श्रीकृष्णले बताए । उनले उपचारका लागि आर्थिक सहयोग गरिदिन सबैमा आग्रहसमेत गरेका छन् । बोनम्यारोले काम गर्न छाडेपछि उनकी बहिनीको बोनम्यारो प्रत्यारोपणको तयारी गरिएकामा चिकित्सकले नमिल्ने बताएकाले औषधिबाटै बोनम्यारो सक्रिय गराउने प्रयास भइरहेको बुबा श्रीकृष्णले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>