इच्छकामना

चितवनको इच्छाकामनामा बाल संरक्षणगृह निर्माण

Banner

चितवन,असार ३-

चितवनको एक मात्र गाउँपालिका इच्छाकामनामा बाल संरक्षणगृह सञ्चालन गरिने भएको छ । इच्छाकामना गाउँपालिका–४ कुरिनटारमा बाल संरक्षणगृहका लागि भवन निर्माणकार्य भइरहेको वडाध्यक्ष होमबहादुर रानामगरले जानकारी दिनुभयो ।

रु १४ लाखको लागतमा निर्माण गरिने बाल संरक्षणगृहमा वडाभित्र रहेका बाबुआमा नरहेका बालबालिका, उच्च जोखिममा रहेका, अर्थाभावका कारण अभिभावकबाट बेवास्तामा परेका बालबालिकालाई गृहमा राखिने अध्यक्ष रानामगरले बताउनुभयो । वडा कार्यालयले अहिले यस्ता बालबालिकाको तथ्याङ्क सङ्कलनकार्य गरिरहेको उहाँको भनाइ छ ।

गाउँपालिककाका प्रवक्ता सावित्री गुरुङले वडा नं ४ मा बन्दै गरेको बालगृहलाई गाउँपालिकास्तरीय बनाउने विषयमा छलफलसमेत भएको जानकारी दिनुभयो । अहिले गाउँपालिकाभित्र रहेको बाबुआमा नरेहका बालबालिका, अशक्त, गरीबी अर्थाभावका कारण जोखिममा रहेका बालबालिकाको तथ्याङ्क सङ्कलन गरिने र त्यसैका आधारमा आवश्यकताअनुसार बालगृह संरक्षण केन्द्रलाई क्षमता बढाउँदै लैजाने उहाँले जानकारी दिनुभयो ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>