इच्छकामना

मनकारी ट्राफिक प्रहरीः चेपाङ बालबालिकालाई दिलाए वर्ष दिनको खाजा

Banner

चितवन, असार २–

चितवनको एक मात्र गाउँपालिका इच्छाकामना भौगोलिक दृष्टिकोणले विकट मानिन्छ । यहाँ रहेका विद्यालयहरुमा अध्ययन गर्ने विद्यार्थीहरुलाई टिकाउनै मुश्लिक पर्छ । सरकारले ल्याएको दिवाखाजा कार्यक्रमले निरन्तरता नपाउँदा विद्यार्थीहरु स्कुल जानै छाडे । यस्तै समस्यामा थियो वडा नं. ६ को श्री देविभन्ज्याङ राष्ट्रिय आधारभुत विद्यालय कालिखोला । यहाँ अध्ययन गर्ने सबै विद्यार्थी चेपाङ समुदायका छन् । जसलाई खान लाउन नै मुश्किल छ ।

आफ्नो ड्युटिकै क्रममा सो विद्यालयमा पुगेका जिल्ला ट्राफिक प्रहरी कार्यालय भरतपुरका प्रहरी नायव निरीक्षक कृष्ण ज्यू ठकुरीले चेपाङ बालबालिकाको कठिन अवस्था देखे । विद्यालयकी प्राधानाध्यापक ज्ञानु पाण्डेले विद्यार्थीको बारेमा जानकारी गराएपछि ट्राफिक प्रहरी ठकुरी आफै सहयोग संकलनमा जुटे । उनको अग्रसरतामा अन्ततः चेपाङ बालबालिकाहरुले दिवा खाजा पाएका छन् । सोमबार विद्यालयमा नै एक कायक्रमकाबीच एक सय २० जना विद्यार्थीहरुलाई एक वर्षका लागि दिवाखाजा उपलब्ध गराइएको छ । त्यससंगै विद्यार्थीहरुलाई स्कुल पोषाक, चप्पल, झोला उपलब्ध गराइएको ट्राफिक प्रहरी ठकुरीले जानकारी दिए ।

लायन्स क्लब अफ बालकुमारी नारायणगढका अध्यक्ष तथा समाजसेवी बालगोपाल चुके, रोट¥याक्ट क्लब अफ भरतपुर, नारायणी मोटर्स नारायणगढ तथा अन्य संस्थाहरुको आर्थिक सहयोग विद्यार्थीहरुलाई खाद्यान्नदेखी पोषाकहरु सहयोग गरिएको हो ।

सो क्रममा बोल्दै समाजसेवी चुकेले चेपाङ बालबालिकाहरुलाइ यो सहयोगले अध्ययनमा टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले आगामि दिनमा पनि यो सहयोगलाई निरन्तरता दिने बताए ।

कार्यक्रममा बोल्दै लायन्स क्लब अफ इन्टरनेशनलका भाइस डिष्ट्रिक गभर्नर रामप्रसाद भट्टले सो विद्यालयबाट उर्तीण हुने चार जना विद्यार्थीहरुलाई भरतपुरमा निःशुल्क अध्यापन गराउने प्रतिवद्धता जनाए ।

यसैबीच सोही अवसरमा निःशुल्क स्वास्थ्य परीक्षण समेत गरिएको छ । हर्ट फण्ड नेपालको प्राविधिक सहयोगमा मुटु रोग विशेषज्ञ डा.कौशल तिवारीले ३५ जना विद्यार्थी र २३ जना अभिभावकहरुको मुट परीक्षण गरेका थिए ।

कार्यक्रममा इच्छाकामना गाउँपालिका वडा नं.५ का अध्यक्ष मोदराज सिलवाल, वडा नं. ६ का अध्यक्ष भुपेन्द्र चेपाङ, युवा व्यवसायी शेरबहादुर पौडेल, विद्यालयकी प्रधानाध्यापक ज्ञानु पाण्डेलगायतको उपस्थिती रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>