अन्तर्राष्ट्रिय

भारतको बिहारमा इन्सेफ्लाइटिसबाट मृत्यु हुने बालबालिकाको संख्या १०० नाघ्यो

Banner

बिहार, असार २-

भारतको बिहारस्थित मुजफरपुरमा इन्सेफलाइटिसबाट १०० भन्दा बढी बालबालिकाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् ।

श्रीकृष्ण मेडिकल कलेजका सुपरीन्टेन्डेन्ट सुनिल कुमार शाहीका अनुसार उपचारका लागि कलेजको अस्पतालमा भर्ना भएका ८३ जना बालबालिकाको मृत्यु भएको छ । मुजफरपुरकै केजरीवाल अस्पतालमा भर्ना भएका अरु १७ जना बालबालिकाको मृत्यु भएको छ ।

इन्सेफलाइटिसबाट मृत्यु भएका व्यक्तिका परिवारलाई जनही चार लाख भारतीय रुपैयाँ उपलब्ध गराउने बिहारका मुख्यमन्त्री नितिश कुमारले घोषणा गरिसकेका छन ।

मुख्यमन्त्री नितिश कुमारले रोग विरुद्ध लड्न सबै स्वास्थ्य निकायहरुलाई सक्रियतापूर्वक काममा जुट्न निर्देश गरेका छन ।
इन्सेफलाइटिस भएमा यसले उच्च ज्वरो आउने, टाउको दुख्ने र पक्षाघात समेत हुने गर्दछ ।
गत साता बिहारका स्वास्थ्य मन्त्री मंगल पाण्डेले विज्ञहरुको टोलीले इन्सेफलाइटिस रोग लाग्नुका मुख्य कारणहरुको पहिचान गरेको बताउनुभएको थियो । रासस /एएनआई

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>