नवलपुर

पत्रकार महासङ्घ नवलपुरको गतिविधि बिरुद्ध आन्दोलनको तयारी

Banner

कावासोती, असार १-

नेपाल पत्रकार महासंघ नवलपुरको गतिबिधि विरुद्ध नवलपुरका पत्रकार संगठन एकजुट भएका छन् । आइतबार कावासोतीमा बसेको पत्रकारसँग सम्बन्धित विभिन्न पेशागत संगठनहरु प्रेस चौतारी, प्रेस सेन्टर, क्रान्तिकारी पत्रकार महासंघ, डब्लुडब्लुजे, फोनिज नवलपुर, वातावरण पत्रकार मञ्चका प्रमुख एवम् प्रतिनिधिहरुको वैठकले महासंघको गलत गतिविधि विरुद्ध आन्दोलनमा जाने निर्णय गरेको हो ।

प्रेस सेन्टर नवलपुरका अध्यक्ष अर्जुन अविरलका अनुसार वैठकले गरेको निर्णय सहित नेपाल पत्रकार महासंघ नवलपुरलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको छ । बैठकले क्रान्तिकारी पत्रकार महासंघ नवलुरले नेपाल पत्रकार महासंघ नवलपुरको कार्यालयमा लगाएको ताला प्रहरीले हस्तक्षेप गरी फोरेकोमा सोको भत्र्सना गर्ने निर्णय समेत भएको क्रान्तिकारी पत्रकार महासंघ नवलुरका अध्यक्ष लोकनाथ पंगेनीले बताए । भोलि ज्ञापनपत्र बुझाएसँगै दबाबमुलक कार्यक्रमहरु पनि लैजाने निर्णय बैठकले गरेको छ ।

बैठकले नेपाल पत्रकार महासंघ नवलपुर शाखाले वितरण गर्ने नयाँ सदस्यताको सन्दर्भमा सूचना पारदर्शी ढंगले प्रकाशन नगरिएकोले सदस्यता वितरणको म्याद थप गर्नु पर्ने । सदस्यता शुल्क श्रमजीवि पत्रकारको ढाड भाँच्ने गरी एकल ढंगले निर्धारण गरि चार हजार रुपैया कायम गरिएकोमा सो तत्काल फिर्ता गर्नु पर्ने ।

महासंघको नयाँ सदस्यता, शुद्धिकरण, नवीकरण, भवन निर्माण सहयोग जस्ता गम्भीर विषयमा जिल्लामा रहेका सबै पत्रकार संगठनहरुको प्रतिनिधिहरु समावेश गरी कार्यादल बनाएर सोही अनुरुप गर्न ध्यानाकर्षण गराउने लगायतको निर्णय भएको वैठकमा सहभागी प्रेस चौतारी नेपाल नवलपुरका सचिव सागर पोख्रेलले बताए ।

त्यसैगरी वैठकले नेपाल पत्रकार महासंघ नवलपुर शाखाले गत २०७५ पौष १४ गते आयोजना गरेको साधारण सभामा आर्थिक प्रतिवेदन पास हुन नसकेको, नभएको कारण सातादिन भित्र महासंघको हिसाबकिताव चुस्तदुरुस्त ढंगले सार्वजनिक गर्न अनुरोध गर्ने ।

नेपाल पत्रकार महासंघ नवलपुर शाखाले विभिन्न संघसंस्था सहकारी कार्यालयसँगबाट विभिन्न वाहानामा रकम उठाएको तर त्यसको रेकर्ड कही कतै नराखिएकोले हालसम्म कहाँकहाँबाट के कति रकम उठाएको हो सो को सार्वजनिक गर्नु पर्ने ।

महासंघको कार्यालय भवन बनाउने स्थान कही कतै तय नभएको तर भवन निर्माण सहयोग भनी रकम उठाउने गरिएकोमा सो रकम कहाँ कुन वित्तिय संस्थामा राखिएको छ । सोको जानकारी गराउनु पर्ने लगायतको निर्णय पनि गरेको छ ।

बैठकले एक साता भित्र माग पुरा नगरे कडा संघर्षमा उत्रिने निर्णय समेत गरेको छ । यस अघि आइतबार विहान सदस्यता वितरण, नयाँ सदस्यता शुल्क, सदस्यता शुद्धिकरण लगायतका विषयलाई लिएर क्रान्तिकारी पत्रकार महासंघ नवलुरले नेपाल पत्रकार महासंघ नवलुरमा लगाएको ताला प्रहरीले हस्तक्षेप गरी फोरेको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी प्रमुख मोहन पोख्रेलले नेपाल पत्रकार महासंघ नवलपुरको आग्रहमा ताला फोडिएको बताएका छन् नेपाल पत्रकार महासंघ नवलपुरका उपाध्यक्ष श्रीराम सिग्देलले भने नेपाल पत्रकार महासंघको आग्रहमा नभई प्रहरी आफैले ताला फोडेको सञ्चारकर्मीलाई प्रतिक्रिया दिएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>