एथलेटिक्स

जिल्लास्तरीय तेक्वान्दोमा कठार पहिलो

Banner

चितवन, जेठ ३२–

चितवनको भरतपुरमा आयोजना गरिएको १८औँ जिल्लास्तरीय खुला तेक्वान्दो प्रतियोगितामा कठार तेक्वान्दो डोजाङ पहिलो भएको छ । कठार तेक्वान्दो डोजाङ सात स्वर्णसहित पहिलो भएको हो ।

सो प्रतियोगितामा सात स्वर्णसहित नै कृष्णपुर तेक्वान्दो डोजाङ दोस्रो भएको छ । त्यस्तै, प्रतियोगितामा पाँच स्वर्णसहित माडी तेक्वान्दो डोजाङ तेस्रो भएको छ । प्रतियोगितामा समूह पहिलो, दोस्रो र तेस्रो हुने डोजाङलाई ट्रफी प्रदान गरिएको छ भने खेलाडीहरुलाई मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

सोही प्रतियोगितामा पुरुषतर्फ होप हाउस तेक्वान्दो डोजाङका पावल क्षेत्री उत्कृष्ट खेलाडी तथा महिलातर्फ आदर्श स्कुल तेक्वान्दो डोजाङकी दुर्गा राई उत्कृष्ट खेलाडी घोषित भएका छन् । भरतपुर–११ मा रहेको नारायणी इङ्लिस पब्लिक सकेण्डरी स्कुलको सहयोगमा बुद्ध तेक्वान्दो डोजाङले प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा महिला र पुरुषतर्फ तौल समूहमा पुम्से तथा फाइट गराइएको थियो ।

पुरुषतर्फ २० देखि ५१ किलो तौल समूहसम्म र महिलातर्फ २२ देखि ५७ किलो समूहसम्म प्रतिस्पर्धा गराइएको राष्ट्रिय तेक्वान्दो संघ चितवनका अध्यक्ष विकास श्रेष्ठले जानकारी दिए । सो प्रतियोगितामा १९ वटा डोजाङका एक सय ९२ जना खेलाडी सहभागी भएका श्रेष्ठले बताए । २५ वटा स्वर्ण, २५ वटा रजत र ५० वटा कास्यपदकका लागि खेलाडीहरुबीच प्रतिस्पर्धा गराइएको थियो ।

बुद्ध तेक्वान्दो डोजाङका अध्यक्ष दिवस गुरुङको अध्यक्षतामा भएको प्रतियोगिताको समापन समारोहमा मध्यमाञ्चल खेलकुद विकास समितिका उपाध्यक्ष परमेश्वर खनाल प्रमुख अतिथि रहेका थियो । प्रतियोगितामा नारायणी इङ्लिस पब्लिक सकेण्डरी स्कुलका प्रिन्सिपल बेदराज न्यौपानेले खेलकुदको विकासका लागि विद्यालयले विभिन्न गतिविधिहरु सञ्चालन गर्दै आएको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>