गण्डकी

कावासोतीको फलफूलचोकदेखि थानाचोकसम्म सरसफाइ

०
Banner

ज्ञानु पंगेनी

नवलपुर, जेठ २८

२० औं राष्ट्रिय सरसफाई सप्ताहाको अवसरमा जेठ २२ गतेबाट सुरु गरिएको सप्ताहाव्यापी कार्यक्रमको समापनको अवसरमा आज कावासोतीमा नगर सरसफाइ कार्यक्रम भएको छ ।

रेडियो कावासोतीको आयोजना तथा कावासोती नगरपालिका र जागृति बाल तथा युवा सरोकार नेपाललगायतका संघसंस्थाको सहकार्यमा कार्यक्रम भएको हो । आज बिहान कावासोतीको फलफूलचोक र थाना चोकमा सरसफाइ गरिएको हो । कावासोती एक हात्तिखोरमा नेपाली सेना , जिल्ला प्रहरी कार्यालय नवलपुर , जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर, सशस्त्र प्रहरी चोरमारा, पतञ्जली योग समिति, नेपाल रेडक्रस जिल्ला शाखा, कावासोती उपशाखा नवलपुर उद्योग वाणिज्य संघलगायतका संघसंस्थाको उपस्थितिमा सरसफाइ कार्यक्रम गरिएको हो ।
यस्तै कार्यक्रममा सरसफाइको क्षेत्रमा काम गर्ने विभिन्न युवा अभियन्ता, जनप्रतिनिधि, पत्रकारलगायतको समेत सहभागिता रहेको थियो । कार्यक्रममा फलफूलचोक र थानाचोकमा पूर्णरुपमा सरसफाइ गरिएको छ । खुल्लाचौरको झाडी फाड्ने र स्थानीयले थुपारेर राखेका फोहोर समेत उठाएर ब्यवस्थापन गरिएको छ ।

रेडियो कावासोतीका अध्यक्ष विद्रोही गिरीको अध्यक्षतामा भएको कार्यक्रममा कावासोती नगरपालिकाका प्रमुख प्रशाशकिय अधिकृत रोशन ज्ञवालीले नगरपालिकाले आउँँदो आर्थिक वर्षको तीन महिनाभित्रमा नगरको फोहोरको दीर्घकालिन व्यवस्थापन गर्ने जानकारी दिए । उनले नगरपालिकाले अहिले अस्थायीरुपमा फोहोरको ब्यवस्थापन गर्दै आएकाले नगरबासीले पनि सकेसम्म फोहोर उत्पादनलाई कम गर्ने प्रयास गर्ने र कुहिने नकुहिने फोहोरलाई छुट्याएर राख्न समेत आग्रह गरे । कावासोतीको वन क्षेत्रमा जथाभावीरुपमा फोहोर नफाल्न समेत उनले आग्रह गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>