अन्तर्राष्ट्रिय

बम विस्फोटमा परी अफगानिस्तानमा छ को मृत्यु

Banner

कान्दाहार, अफगानिस्तान, जेठ २८-

आफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारको दान्द जिल्लाको एक सडकमा राखिएको बम विस्फोटमा परी ६ सर्वसाधारणको मृत्यु भएको छ । सो प्रान्तमा प्रहरी अधिकृत जमाल नसिरले सो घटनाको पुष्टि गरेका हुन् ।

आतंककारीहरुले दान्द जिल्लाको सडक किनारमा राखेको बममा एक कार ठोक्किँदा दुई पुरुष, दुई महिला र दुई बालबालिकाको मृत्यु भएको नसिरले सिन्ह्वा समाचार समितिलाई बताएका छन् । बम आक्रमणमा मारिएका सबै व्यक्ति एकै परिवारका रहेको बताइएको छ । कान्दाहार प्रान्तको ठूलो भागमा आत्मघाती र सडक किनारमा बम राख्न सक्रिय रहेका तालिबान लडाकू समूहले भने यस विषयमा केही टिप्पणी गरेका छैनन् । (रासस \सिन्ह्वा)

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>