राजनीति

समाचार लेखेकै भरमा पत्रकारमाथिको धरपकड हुँदा सरकारको अलोकतान्त्रिक चरित्र उदांगियोः डा.डिला संग्रौला

०
Banner

काठमाडौं ,कात्तिक १३ –

समाचार लेखेकै भरमा पत्रकारलाई धरपकड गरिएको घटनाप्रति नेपाली कांग्रेसले गम्भीर आपत्ति जनाएको छ । नेपाली कांग्रेसका महामन्त्री डा. डिला संग्रौलाले यस प्रकारको कार्यले सरकारको अलोकतान्त्रिक चरित्र फेरि एक पटक नेपाली जनतासामु उजागर भएको उल्लेख गरिएको छ ।

उनले वक्तव्यमा भनिएको छ,‘प्रेस स्वतन्त्रता तथा अभिव्यक्ति स्वतन्त्रता नेपालको संविधानले नै प्रत्याभूत गरेको छ । यो अधिकार कसैको निगाहामा प्राप्त अधिकार होइन, दशकौँ लामो सङ्घर्षको नतिजा हो ।’

समाचारमा चित्त नबुझे खण्डन गर्ने, उजुरी गर्ने वा कानुनी उपचार खोज्ने वैधानिक उपायहरू हुँदाहुँदै सत्ता र शक्तिको बलमा सञ्चारकर्मीहरूलाई धम्क्याउने, सादा पोसाकका प्रहरी समाचार कक्षमा पठाउने तथा केरकार गर्ने कार्य कुनै पनि हालतमा स्वीकार्य नहुने उनले स्पष्ट पारेकी छन् ।

साथै, उनले पक्राउ परेका सम्पूर्ण पत्रकारहरूलाई तत्काल रिहा गर्न र संविधानको मर्म अनुरूप प्रेस स्वतन्त्रताको सम्मान तथा पूर्ण प्रत्याभूति गर्न सरकारसँग जोडदार माग गरेकी छन् । यस्ता गतिविधिबाट उत्पन्न हुने जुनसुकै परिस्थितिको जिम्मेवार वर्तमान सरकार नै हुने पनि उनले चेतावनी दिइएकी छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>