अन्तर्राष्ट्रिय

भारतको बिहारमा आँधीबाट आठको मृत्यु

Banner

नयाँ दिल्ली जेठ २८-

पूर्वी भारतीय राज्य बिहारमा बिभिन्न भागमा आएको आँधी र चट्याङमा परी कम्तीमा आठ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ११ जना घाइते भएका छन् । राज्यद्वारा सञ्चालित सञ्चार माध्यम अल इन्दिया रेडियो (एआरआइ) ले मङ्गलबार सो जानकारी दिएको छ ।
आँधी र चट्याङको सोमबार साँझ एक साथ आएको बताइएको छ । बिहार राज्यको गोपालगञ्जमा तीन,सिओहारमा एक, सितामढीमा एक र पूर्वी र पश्चिम चम्पारनमा एक, एकको जनाको मृत्यु भएको थियो । यी जिल्लाहरुमा नै अन्य ११ जना घाइते भएका समाचारमा जनाइएको थियो ।
भीषण रुपमा आएको आँधीको कारण कैयो रुखहरु ढलेको र धुलोसहितको यस आँधीको कारण विद्युत आपूर्तिमा आवरुद्व भएको बताइएको छ ।
भारतको उत्तर प्रदेश राज्यमा गत हप्ता आएको वर्षासहितको हावाहुरी र चट्याङका कारण २६ जनाको मृत्यु हुनुका साथै ५७ जना घाइते भएका थिए ।

सो आँधीबाट उत्तर प्रदेशका मैनपुरी, कासगन्ज, एटा, आगरा, रामपुर, बदायु र पिलिभित सबैभन्दा बढी प्रभावित भएका थिए । स्थानीय सञ्चार माध्यमका अनुसार चट्याङका साथै रुख र पर्खालहरु ढलेर मानिसको मृत्यु भएको थियो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>