पत्रपत्रीका बिशेष

केपी ओली नहुँदा नेकपाभित्र सुनसान

Banner

काठमाडौं,जेठ २८-

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली विदेश भ्रमणमा जानुभएसँगै पार्टीका नेताहरुलाई जिम्मेवारी दिने विषय लम्बिएको छ । पार्टी एकता भएको एक वर्षभन्दा बढी समय बितिसक्दा समेत सचिवालयकै नेताहरु जिम्मेवारीविहीन अवस्थामा रहेका छन् । महासचिव विष्णु पौडेल, प्रवक्ता नारायणकाजी श्रेष्ठबाहेक अन्य सचिवालयका सदस्यहरुले कुनै पनि जिम्मेवारी पाउन सकेका छैनन् ।

तर पनि पार्टी अध्यक्ष केपी शर्मा ओलीको कार्यव्यस्तताको कारण जिम्मेवारी बाँडफाँडको काम टुंगो लाग्न सकेको छैन । पार्टीको सचिवालय बैठक बस्ने गरे पनि समय अभाव भएको भन्दै स्थगित हुँदै आएको छ । प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओली विदेश भ्रमणमा जानुअघि नै सचिवालय, स्थायी समिति र केन्द्रीय सदस्यहरुको जिम्मेवारी बाँडफाँड हुने तयारी गरिएको थियो ।

तर पार्टी्भित्र अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच मापदण्डको विषयलाई लिएर विवाद चुलिएपछि तयार भएको प्रस्तावसमेत अगाडि बढन सकेन । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>