नवलपुर

गण्डकी विकास बैंकद्वारा स्टेशनरी वितरण

Banner

कावासोती,जेठ २७-

गण्डकी विकास बैंक लिमिटेड कावासोती शाखाले डण्डामा रहेको दीपेन्द्र आधारभूत विद्यालयलाई स्टेशनरी वितरण गरेको छ । कावासोती नगरपालिका वडा नम्बर १६ मा रहेको सो विद्यालयमा अध्ययनरत विपन्न, असहाय तथा पिछडिएका बालबालिकाहरुका लागि २७ थान झोला, २७ दर्जन कपी, नौ प्याकेट पेन्सील, ३६ प्याकेट पेन तथा ८१ थान नुहाउने साबुन वितरण गरिएको हो । सो कार्यक्रममा संस्थाका सहायक प्रधानाध्यापक नलराज भुर्तेलले विद्यालयमा दुई सय ५३ जना बालबालिकाहरु अध्ययनरत रहेको बताए ।

विद्यालयमा अध्ययनरत विद्यार्थीमध्ये ८० प्रतिशत विद्यार्थी गरीब तथा विपन्न रहेको र सो मध्ये पनि २७ जना बेसाहारा रहेको जानकारी दिँदै भुर्तेलले उक्त सहयोगको लागि गण्डकी विकास बैंक परिवारलाई धन्यवाद दिएका थिए । कार्यक्रममा बैंकका चितवन सब क्लष्टर प्रमुख सुरज शर्मा र कावासोती शाखा प्रमुख भिष्मचन्द्र उपाध्याय सहितको टिमले सहयोग सामग्री वितरण गरेका थिए ।

बैंकका तर्फबाट सबक्लष्टर प्रमुख शर्मा र कावासोती शाखा प्रमुख उपाध्यायले सो सहयोग वितरण गर्दै उक्त सहयोगबाट त्यस संस्थामा अध्ययनरत बालबालिकाहरुको पठनपाठन तथा सरसफाइमा सहयोग पुग्ने बैंकले अपेक्षा राखेको बताए । साथै बैंकले यस्ता प्रकारका कार्यक्रमहरुलाई आगामी दिनहरुमा पनि निरन्तरता दिँदै जाने उनीहरुले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>