नवलपुर

नवलपुर एफएमको आयोजनामा रक्तदान कार्यक्रम

Banner

नवलपुर,जेठ २६-

नवलपुर एफएमले आयोजना गरेको रक्तदान कार्यक्रममा १ सय ५१ जनाले रक्तदान गरेका छन् । नवलपुर एफएमका संस्थापक प्रबन्ध निर्देशक स्व. तिर्थराज भुसालको ३२ औँ जन्मजयन्तीको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरीएको हो ।

कार्यक्रममा स्व. भुसालको स्मृतीमा स्थापना गरीएको पत्रकार तिर्थराज भुसाल स्मृति ट्रष्टका लागि यसअघीनै समाजसेवी कार्कीले बोलकबुल गर्नुभएको १ लाख ५५ हजार ५ सय र वातावरण पत्रकार मञ्च नवलपुरका अध्यक्ष शालिकराम कोइरालाले २ हजार ५ सय ५ रुपैया आज एफएमका संरक्षक याम प्रसाद भुसाललाई हस्तान्तरण गनुभएको छ ।

एफएमका अध्यक्ष नारायण शर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा समाजसेवी विष्णु कार्कीको प्रमुख आतिथ्यता रहेको थियो । कावासोती नगरपालिका, मध्यविन्दु नगरपालिका र देवचुली नगरपालीकाको सहआयोजनामा गरिएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी उपशाखा कावासोतीले सहकार्य गरेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>