नवलपुर

नवलपुरमा युवाहरुलाई वित्तिय साक्षरता तालिम

Banner

ज्ञानु पँगेनी,

नवलपुर, जेठ २५–

वैदेशिक रोजगारबाट फर्किएर स्वदेशमै केही गर्न चाहने युवाहरुलाई लक्षित गरि नवलपुरको कावासोतीमा शनिबार वित्तिय साक्षरता तालिम संचालन गरिएको छ ।

गत पुस समान्तसम्म बोर्डमा सूचीकृत भएका नवलपुरका एक सय २१ जना युवाहरुलाई तालिम प्रदान गरिएको हो । वैदेशिक रोजगार बोर्डको आयोजना र रिटर्नी माईग्रेन्ट नेपाल नवलपुरको सहकार्यमा तालिम संचालन भएको हो ।

तालिममा कृषि विकास बैङ्क भैरहवाका निर्देशक सुदिप दाहाल र राष्ट्रिय वाणिज्य बैङ्क भरतपुरका कर्जा अधिकृत मुकेश खड्काले सहजीकरण गर्दै सहूलियत कर्जा प्राप्त गर्न आवश्क पर्ने कागजातहरु के–के हुन ?, कहाँ–कहाँ जानुपर्छ ?, प्रकृया कसरी पुरा गर्ने ? कस्ता क्षेत्रमा ऋण पाईन्छ ?, रकम पाएपछि कसरी सदुपयोग गर्न सकिन्छ ? भन्ने लगायतका विषयमा जानकारी गराएका थिए ।

कार्यक्रममा बोर्डको सचिवालयका उपसचिव ऋषीराम भुषालले वैदेशिक राजगार बोर्डमा १८ हजार सात सय ६७ जना सूचीकृत भएको जानकारी दिदै उनीहरु सबैलाई क्रमशः सहूलियत कर्जा लिने प्रकृया र सदुपयोगका बारेमा वित्तिय तालिम संचालन गरिने समेत बताए ।

वित्तिय साक्षरता तालिम अहिलेसम्म राजधानीमा १२ वटा कक्षा संचालन भएको छ । यस तालिम सोमबार बुटवलमा संचालन गरिने छ । अन्य जिल्लाहरुमा पनि आगामि वर्षहरुमा वित्तिय साक्षरता तालिम संचालन गरिने भुषालले बताए ।

उपसचिव भुषालले वैदेशिक रोजगारी क्षेत्रमा बोर्डले गर्ने कामहरुका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा सहजीकरण गर्दै भुषालले बोर्डले वैदेशिक रोजगारीमा गएकाहरुका लागि विभिन्न किसमका समस्या आउदा राहत कल्याणको काम गर्दै आएको जानकारी दिए । श्रम स्विकृती लिएर वैदेशिक रोजगारका क्रममा कामको शिलशिलामा, कुनै रोग लागेमा, चोटपटक लागेर अंगभङ्ग भएमा अवस्था हेरेर क्षतीपूर्ती दिईने र मृत्यु भएमा कम्तीमा सात लाख रुपैयाँसम्म क्षतीपुर्ती दिदै आएकोे जानकारी दिए ।

यसैगरि वैदेशिक रोजगारीमा गएकाहरु अलपत्र परेमा उद्धार गर्ने, शिपमूलक तालिम दिनेलगायतका काम गर्दै आएको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>