वागमती

कोरियन भाषा परीक्षामा ९२ हजार युवा सहभागी

Banner

काठमाडौं, जेठ २५

वैदेशिक रोजगारीको आकर्षक गन्तब्य बनेको दक्षिण कोरियाका लागि आज र भोलि आइतबार भाषा परीक्षा हुँदैछ ।

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरिया भाषाको परीक्षामा ९२ हजार ३७६ जना सहभागी हुँदैछन् । ईपीएस कोरिया शाखाको तथ्यांकअनुसार गत वर्ष भाषा परीक्षा दिनेको संख्या ८२ हजार ३३५ रहेको थियो ।

पुरुष परीक्षार्थीको संख्या ७७ हजार ३६१ र महिलाको संख्या १४ हजार ९९५ रहेको छ । म्यान्युफ्याक्चर क्षेत्रमा काम गर्न परीक्षा दिनेको ६३ हजार ४८९ जना रहेको छ । एसेम्बलका लागि ३७ हजार ६६९, मेजरका लागि १२ हजार ८९८ जनामध्ये महिला परीक्षार्थी दुई हजार ५०९ छन् भने पुरुष ३५ हजार १५१ जना परीक्षार्थी रहेका छन् । त्यसैगरी, काठको कामका लागि १२ हजार ९२ जना परीक्षार्थीले आवेदन दिनएका छन् । यसमा पुरुष परीक्षार्थीको संख्या १० हजार ४५२ जना रहेको छ भने महिला परीक्षार्थीको संख्या दुई हजार ४६९ जना रहेको छ । कोरिया भाषा परीक्षा दिनका लागि कृषि क्षेत्रका लागि परीक्षा दिने परीक्षार्थीको संख्या २८ हजार ८८७ जना रहेको छ । जसमध्येमा पुरुष परीक्षार्थीको संख्या १९ हजार ४०७ रहेको छ भने महिला परीक्षार्थीको संख्या ९ हजार ४७३ जना रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>