वागमती
काठमाडौँको ठमेलमा कामना सेवा बैँकको ८७ औं शाखा
०

चितवन, जेठ २३-
कामना सेवा विकास बैंकले काठमाडाँै ठमेलमा आफ्नो ८७औं शाखाबाट सेवा आरम्भ गरेको छ ।
बैंकका अध्यक्ष सुदिप आचार्य तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा बैँकको कारोबार सुभारम्भ गरेका हुन् । बैँकले आज जारी गरेको विज्ञप्ति अनुसार कार्यक्रममा बैंकका संस्थापक कृष्ण आचार्य तथा सञ्चालक चतुराखर अधिकारीले बैंकले द्रूतगतिमा शाखा तथा कारोबार विस्तार गरेर बैंक हरेक दृष्टिले अब्बल बन्नु पर्ने धारणा राखेका थिए । विज्ञप्तिमा बैँकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बैंकको हाल सम्मको संक्षिप्त जानकारी दिँदै भावी योजनाहरुको बारेमा प्रकाश पारेको उल्लेख छ । काठमाडौं महानगरपालिका–३० ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकको देशका विभिन्न भागहरुमा यो सँगै ८७ वटा शाखा रहेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>