नवलपुर

देवचुलीमा भएको वक्तृत्वकला प्रतियोगितामा भुसाल पहिलो

Banner

नवलपुर, जेठ २३-

विश्व वातावरण दिवसको अवसरमा नवलपुरको देवचुली नगरपालिकामा भएको वकतृत्वकला प्रतियोगितामा माध्यमिक तहतर्फ आदर्श भुसाल पहिलो भएका छन् ।

‘स्वच्छ वातावरण महाअभियानमा विद्यार्थीहरुको भूमिका’ विषयक वक्तृत्वकलामा माध्यमिक तहतर्फ दोस्रो एन्जल भट्टराई र तेस्रो दीपा विक भएका छन् । प्रतियोगितामा आधारभूत तहतर्फ आयुष्मा काफ्ले पहिलो, आस्था अधिकारी दोस्रो र सुजल पाण्डे तेस्रो भएका छन् ।

डिभिजन वन कार्यालय नवलपुरको सहयोगमा भीमसेन आदर्श मावि देवचुली नगरपालिका–७ रामबासको आयोजनामा भएको प्रतियोगिता भीमसेन माविका प्रधानाध्यापक नरदेव न्यौपानेको अध्यक्षतामा भएको थियो ।  प्रतियोगितामा आधारभूत तथा मावि. तहका ३७ जना विद्यार्थीको सहभागिता रहेको थियो । विद्यार्थीहरुलाई वातावरण संरक्षणमा लाग्न प्रेरित गर्नुका साथै विद्यार्थीमार्फत् समाजमा स्वच्छ तथा हरियाली वातावरण बनाउनका लागि जनचेतना फैलाउन विद्यालयमा विभिन्न कार्यक्रमहरु सञ्चालनका लागि सहयोग गरिएको सहायक वन अधिकृत सम्झना अधिकारीले बताइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>