नवलपुर

यौन दुव्र्यवहार गरेको आरोपमा मध्यबिन्दुका पाण्डेविरुद्ध मुद्धा

Banner

कावासोती, जेठ २२–

महिलालाई यौन दुव्र्यवहार गरेको आरोपमा नवलपुरको मध्यबिन्दु एक जनाविरुद्ध जाहेरी परेको छ। मध्यबिन्दु नगरपालिकाका ३८ वर्षीय राजु पाण्डे विरुद्ध जिल्ला प्रहरी कार्यालय नवलपुरमा जाहेरी दिइएको पीडित परिवारले जनाएको छ।

आज सार्बजनिक बिदा परेकाले भोलि दर्ता गरिने जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ । मध्यबिन्दु नगरपालिका–८ स्थित खेतमा काम गर्न गएको मौका पारी स्थानीय १८ वर्षीय विवाहित युवतीलाई पाण्डेले बलात्कारको प्रयास गरेको पीडित महिलाले बताएकी छिन् । मंगलबार आफ्नो खेतमा गएका बेला महिलामाथि पाण्डेले जबर्जस्ती करणी गर्न खोज्दा भागेर बच्न सफल भएको पीडित परिवारले जानकारी दिएको छ ।

घटनापछि गाउँमै मिलाउने प्रयास गरेपनि पीडित पक्षले नमानेपछि प्रहरीमा जाहेरी परेको हो । मंगलबार नै मध्यबिन्दु नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष परशुराम महत्तोले सामान्य घटना भएको र यसलाई स्थानीय स्तरमै मिलाउने प्रयास गरेपनित्यो सफल हुन नसकेको पीडित परिवारले जनाएको छ । आरोपित पाण्डे तम्सरिया साना सहरी खानेपानी संस्थाका अध्यक्ष हुन भने भ्युरान स्मल हेभन स्कुलका संचालक समेत हुन् । घटना पछि पाण्डे फरार रहेको र उनको खोजी भैरहेको प्रहरिले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>