चितवन विशेष

चितवनमा नेपालकी प्रथम नायिका भुवन चन्द सम्मानित

Banner

चितवन, जेठ २२-

चितवनमा नेपाली चलचित्रकी प्रथम नायिका भुवन चन्द सम्मानित भएकी छन् ।

चितवनबाट प्रकाशित रंगिन अर्ध साप्ताहिक पत्रिका चितवन खबरले आफ्नो आठौं वार्षिकउत्सवको अवसरमा सोमबार नायिका चन्दलाई सम्मान गरेको हो । नायिका थापालाई चलचित्र क्षेत्रको विकासमा विगत चार दशकदेखि पु¥याएको योगदान स्वरुप चितवन खबर पत्रिकाले विशेष सम्मान गरेको जनाएको छ । सम्मान ग्रहणपछि थापाले सम्मानले खुसी भएको भन्दै आगामी दिनमा चलचित्र क्षेत्रको विकासमा निरन्तर लागिरहने बताइन् । कार्यक्रमको विशिष्ट अतिथि वरिष्ठ चलचित्रकर्मी ऋद्दीचरण श्रेष्ठले पत्रकारिताको माध्यमबाट चितवन खबरले समाजका लागि गरेको अतुलनीय योगदान अविष्मणीय रहेको बताए ।

वार्षिकोत्सवको अवसरमा चितवन खबर राष्ट्रिय अर्ध साप्ताहिक पत्रिकाले चितवनका विभिन्न क्षेत्रमा आवद्ध अन्य व्यक्तिलाई समेत सम्मान गरेको थियो । कार्यक्रमको सभापति एवम् चितवन खबर राष्ट्रिय अर्धसाप्ताहिक पत्रिकाकी सम्पादक इन्दिरा पन्तले आगामी दिनमा सबैको सल्लाह सुझाव अनुसार नै पत्रिकालाई अझ परिष्कृत र परिमाजर्न गर्दै लैजाने बताइन् । सम्पादक पन्तले अहिलेसम्म पत्रिका सञ्चालनमा सहयोग गर्ने सबैलाई आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै सल्लाह सुझाव सहित सहयोगको अपेक्षा गरिन् । चितवन खबर राष्ट्रिय अर्ध साप्ताहिक पत्रिकाका महाप्रबन्धक हरि कार्की ‘लक्की’ले आगामी दिनमा पत्रकारिताको माध्यमबाट समाजलाई सुसूचित गर्ने कार्यमा सदैव अडिक रहने प्रतिबद्धता व्यक्त गरे । महाप्रबन्धक कार्कीले पत्रकारिताको माध्यमबाट समाजलाई सूसुचित गर्नु आफ्नो उद्देश्य रहेको भन्दै सो कार्य पूरा हुँदै जानु नै गर्वको विषय रहेको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>