देश/प्रदेश

कुटेर पाँच विद्यार्थीको हात भाँच्ने शिक्षिकालाई ‘अभद्र व्यवहार’ मुद्दा

Banner

रोल्पा, जेठ २२-

विद्यार्थीको हात भाचिने गरी कुटपिट गर्ने शिक्षिकालाई मुद्दा चलाइने भएको छ । चौध विद्यार्थी घाइते हुने गरी कुटपिट गरेकी ती शिक्षकाले पाँच विद्यार्थीको हातसमेत भाँचिीदएकी थिइन । स्थानीय रुम्टीगढी गाउँपालिका–८ भानु आधारभूत विद्यालयकी शिक्षिका लक्ष्मी पुनलाई प्रहरीले ‘अभद्र व्यवहार’सम्बन्धी मुद्दा चलाउने तयारी गरेको जिल्ला प्रहरीले जनाएको छ ।

थप अनुसन्धानका लागि १० दिन म्याद थप गरी होलेरी इलाका प्रहरी कार्यालय शिक्षिका पुनलाई सोमबार विद्यालय छुट्टी भएपछि प्रहरीले पक्राउ गरेको थियो । अपराध संहिता २०७४ को दफा ११८ बमोजिम उहाँलाई एक वर्षसम्म कैद वा रु १० हजारसम्म जरिवाना वा दुवै सजायसम्म हुनसक्ने कानूनविद्हरुले बताएका छन् । उहाँले विद्यार्थीलाई कुटपिट गरी हातै भाँचिदिएको खबर सार्वजनिक भएलगत्तै जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक दीपक खड्काले पक्राउ गर्न निर्देशन दिएका थिए ।

सो घटनामा कक्षा १ देखि ८ सम्म पढ्ने विद्यार्थी घाइते भएका थिए । आइतबार दाङको तुलसीपुरस्थित सहारा पोलिक्लिनिकमा घाइतेमध्ये भीमकुमारी बाँठा, निर्मला पुन, गौरी घर्ती, शान्ता नेपाली र विमला रोकाको हातको प्लाष्टर गरिएको थियो । उनीहरूको जोर्नी, नाडी, कुइनो र कुममा समस्या देखिएको उपचारमा संलग्न चिकित्सक घनश्याम शर्माले जानकारी दिए । शिक्षिका पुनले विद्यालय ढिलो आएको भन्दै लट्ठीले अन्धाधुन्ध हिर्काउँदा विद्यार्थी घाइते भएका थिए । आफूहरु लाइन लाग्दै गरेको बेला उनले अन्धाधुन्ध लट्ठी चलाउन शुरु गरेको छात्रा भीमकुमारी बाँठाले बताइन।
घटना वैशाख १२ गते भएको भए पनि वडा नं ८ का वडाध्यक्ष भीमबहादुर घर्तीको रोहवरमा औषधि उपचार गर्ने सहमतिमा मिलापत्र गराइएको हल्लेरी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघनाथ चापागाईंले जानकारी दिए । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>