चितवन विशेष

कांग्रेस बलियो बनाउन भातृ संस्था कृयाशील बनाउन आग्रह

Banner

चितवन, जेठ २१-

कांग्रेसलाई बलियो बनाउनका लागि भातृ संस्था कृयाशील हुन आवश्यक रहेको कांग्रेस नेताहरुले बताएका छन् ।

कांग्रेसले सञ्चालन गरेको जागरण अभियानअन्तर्गत नेपाल तरुण दल चितवनले आज यहाँ आयोजना गरेको अबको राजनीतिमा तरुणको भूमिका विषयक प्रवचन कार्यक्रममा बोल्ने नेताहरुले यस्तो बताएका हुन् ।

नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ प्रमुख अतिथि रहेको कार्यक्रममा वक्ताहरुले भातृ संस्थाहरु चलायमान हुन नसक्नु विडम्बना भएको बताएका थिए । भातृ संस्थालाई चलायमान बनाउन नसक्दा कांग्रेसको अवस्था दयानिय भएको भन्दै चुस्त दुरुस्त बनाउन आबश्यक रहेको उनीहरुको भनाइ थियो । कार्यक्रममा नेताहरुले अबको राजनीतिमा तरुणहरु एक भएर कांग्रेसलाई जगाउन आवश्यक रहेको बताएका थिए । तरुण नजागे सम्म कांग्रेस जागेर नहुने भन्दै उनीहरुले तरुणलाई चलायमान बनाउँदै वर्तमान सरकारका गलत कामको भण्डाफोर गर्न आवश्यक रहेको बताएका हुन् ।

तरुणदल चितवनका अध्यक्ष राजन ताम्राकारको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस चितवनका सचिव उत्तम जोशी, महासमिति सदस्य राजेश्वर खनाल, शम्भु अर्याल, कांग्रेस चितवनको तरुण विभाग प्रमुख प्रल्हाद सापकोटालगायतले बोलेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>