बजार

धानको बीउ उत्पादन गरिने

Banner

लम्की, जेठ २१–

रानी जमरा कुलरिया सिंचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइ टीकापुरले यस वर्ष १५० हेक्टर क्षेत्रफलमा धानको बीउ उत्पादनका लागि अनुदान सहयोग दिने भएको छ ।

कैलालीमा सञ्चालित राष्ट्रिय गौरवको सो आयोजनाले यस वर्ष विभिन्न कृषि सहकारी र बीउ उत्पादक कम्पनीलाई धानको बीउ उत्पादनका लागि ५० प्रतिशत अनुदानसहित सहयोग गर्न थालेको हो । आयोजना मार्फत यस वर्ष बीजवृद्धि कृषि सहकारी संस्था मुनुवालाई ३५ हेक्टर, उज्यालो बहुउद्देश्यीय सहकारी सत्तीलाई ३० हेक्टर, धनसिंहपुर कृषि सहकारी संस्थालाई २० हेक्टर, नमूना बहुउद्देश्यीय सहकारीलाई १५ हेक्टर र किसान बीजवृद्धि सहकारीलाई १५ हेक्टरमा धानखेतीका लागि सहयोग गर्ने भएको हो । त्यस्तै, टप एग्रिकल्चर साइन्स एण्ड रिर्सच प्रा।ली।लाई १५ हेक्टर, आधुनिक कृषि बहुमुखी सहकारी संस्थालाई १० हेक्टर, पशुपति लघु उद्यमी सहकारी संस्थालाई १० हेक्टरमा धानको बीउ उत्पादनका लागि सहयोग गर्ने कृषि कार्यक्रम कार्यान्वयन एकाइ टीकापुर प्रमुख भरतप्रसाद कँडेलले जानकारी दिए ।

आयोजनाको सहयोगमा ती कृषि सहकारी तथा कम्पनीले राधा ४, सावा मन्सुली, बान्ह गङ्गा, हर्दिनाथ, राम धान, सावित्री धान लगाउंँदैछन् । यस क्षेत्रलाई बीउ उत्पादन क्षेत्रका रुपमा विकास गर्न तथा कृषि उत्पादकत्व बढाई आर्थिक समृद्धिमा सहयोग पु¥याउनका लागि धान खेती विस्तार गरिने प्रमुख कँडेलले बताए ।

खेती विस्तार गर्नुअघि कृषि सहकारी तथा कम्पनी सञ्चालकलाई तालीमसमेत दिइएको छ । कृषितर्फका बाली विकास अधिकृत सिद्धराज उपाध्यायले पछिल्लो समय यस क्षेत्रका कृषि सहकारीले बीज वृद्धिलाई महत्व दिन थालेको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>