गण्डकी

नवलपुरमा बाबुबाटै १३ वर्षकी छोरी बलात्कृत भएको आरोप, बाबु प्रहरी हिरासतमा

Banner

ज्ञानु पंगेनी

नवलपुर, जेठ २०-

आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा नवलपुर प्रहरीले बाबुलाई पक्राउ गरेको छ ।

१३ वर्षीय छोरीलाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) ले कावासोती नगरपालिका–१७ बाट ४५ वर्षीय बुबालाई प्रक्राउ गरेको छ ।

छोरीलाई बलात्कार गरेको मौखिक उजुरीको आधारमा आरोपित बुबालाई प्रक्राउ गरेको प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताए । लिखित उजुरीको लागि पीडित बालिकासहित आमा र जनप्रतिनिधि वडा अध्यक्षलाई समेत वडा कार्यालय बोलाएको प्रहरी निरीक्षक अधिकारीले बताए । घटनाका बारेमा थप अनुसन्धान भइरहेको उनले जानकारी दिए । पीडित बालिकालाई स्वास्थ्य परीक्षणको लागि भरतपुर लगिएको समेत प्रहरी निरीक्षक अधिकारीले बताएका छन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>