चितवन विशेष

जेठ २४ मा ‘कान्छी’ आउँदै

Banner

चितवन, जेठ १९–

चितवनका युवाहरुको समूह ‘डान्स लिजेन्ड’को प्रस्तुतिमा ‘कान्छी’ बोलको म्युजिक भिडियो छायांकन गरिएको छ ।

चितवनको लक्ष्मी मा.वि.मा अध्ययनरत विद्यार्थीहरुको समूहले निर्माण गरेको म्युजिक भिडियोको रोहन बलामी र देव चापागाईंले कोरियोग्राफी गरेका छन् । चितवनका विभिन्न रमणीय स्थानहरुमा खिचिएको म्युजिक भिडियो अबको केही दिनमै रिलिज गर्ने तयारी रहेको निर्माण युनिटले जानकारी दिएको छ ।

चितवनमा पर्यटकहरुको आगमनमा समेत सहयोग पुग्ने सोँचका साथ चितवनकै पर्यटकीय स्थानहरुमा भिडियो खिचिएको निर्देशक सापकोटाले बताए । म्युजिक भिडियोमा समूहकै नृत्य देख्न सकिने छ । शिव कँडेलको आवाजमा तयार भएको गीत जनक काफ्ले र देव चापागाईंको कन्सेप्टमा बनेको भिडियोको निर्देशन सरोज सापकोटाले गरेका छन् ।

युवा पुस्तालाई लक्षितगरि नै गीत तथा भिडियो निर्माण गरिएको चापागाईंले बताएका छन् । म्युजिक भिडियोमा देव चापागाईं, रोजिता थापा, सलिना गुरुङ, निकिता ढकाल, प्रवेश भुसाल, आदित्य सुवेदी, सुरक्षा अधिकारीलगाएतको नृत्य देख्न सकिने छ । सो भिडियो जेठ २४ गते सर्वाजनिक गरिने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>