वागमती

योजना आयोग र एनपिआई नीतिगत सहकार्य हुने

Banner

काठमाडौ, जेठ १९

राष्ट्रिय योजना आयोग र नेपाली पोलिसी इन्स्टिच्युट (एनपिआई) बीच नीतिगत परामर्शका लागि दीर्घकालीन सहकार्य हुने भएको छ ।

थाइल्याण्डस्थित गैरआवासीय नेपाली सङ्घको सहकार्य र त्यहाँस्थित नेपाली दूतावासकोे समन्वयमा बैंककमा आयोजना भएको प्रबुद्ध सम्मेलनमा उक्त आयोगका सदस्य मीनबहादुर शाहीले १५औँ आवधिक योजना कार्यान्वयनका क्रममा एनपीआईका अध्ययन र सुझाव समेट्न लिखितरूपमै सहकार्य गरिने बताएका हुन् ।

राष्ट्रिय विकास परिषद्को पछिल्लो बैठकमा एनपीआईका प्रतिनिधिलाईसमेत सहभागी गराइएको थियो भन्दै उनले पञ्चवर्षीय योजना समृद्ध नेपालको परिकल्पनासहित २५ वर्षे दूरदृष्टिमा आधारित भएको जानकारी दिए । एनपिआर्इका अध्यक्ष खगेन्द्र ढकालले नेपालमा प्रत्यक्ष विदेशी लगानी, गरिबी निवारण, वातावरण संरक्षण, मानवीय पूँजी विकास र आर्थिक कूटनीतिका विषयमा आफूहरुले निरन्तर नीतिगत सुझाव दिने जानकारी दिए । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>