कर्पोरेट

चितवनमा करिब आठ करोडको लगानीमा सहकारीको रिसोर्ट, सांसद भुर्तेलद्वारा शिलान्यास

Banner

चितवन , जेठ १–

चितवनको भरतपुर हाकिमचोकमा रहेको तारापुञ्ज बचत तथा ऋण सहकारी संस्थामा आबद्ध शेयर सदस्यहरुले रिसोर्ट सञ्चालनको प्रकृया अगाडि बढाएका छन् ।

सहकारी संस्थामा आबद्ध रहेका करिब ८०० सेयर सदस्यहरुले भरतपुर कृष्णपुर क्यान्सर हस्पिटल रोडमा एक बिघा क्षेत्रफलमा तारापुञ्ज रिर्सोट प्रालि नामको होटल सञ्चालनमा ल्याउन लागेका हुन् । आज सहकारी संस्थाका सल्लाहकार तथा प्रदेश सांसद कृष्ण भुर्तेलले सो रिर्सोटको शिलान्यास गरेका हुन् । शिलान्यास कार्यक्रममा भरतपुर महानगरपालिका सहकारी विभाग प्रमुख तथा वडा नं ७ का अध्यक्ष राजेन्द्रमणि काफ्ले, वडा नं ८ का वडा अध्यक्ष दामोदर न्यौपाने, भरतपुर महानगरपालिकाका प्रवक्ता तथा वडा नं १० का अध्यक्ष अरुणपीडित भण्डारी, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका केन्द्रीय सदस्य शान्ति अधिकारी, जिल्ला बचत संघका संघका अध्यक्ष हरिश सुबेदीलगायतले शुभकामना दिएका थिए । एक बिघा क्षेत्रफलमा निर्माण हुने रिर्सोटमा साना ठूला गरी चार वटा आधुनिक हल , ब्यबस्थित रेष्टुरेन्ट, फूल बगैचा, चिल्ड्ेन पार्कलगायत करिब ५० जना ब्यक्तिका लागि आवासको ब्यवस्थापन गर्न सकिने सहकारी संस्था तथा रिर्सोटका अध्यक्ष सुदिप रेग्मीले बताए ।

कार्यक्रममा देशभरका सहकारी संस्थाका प्रतिनिधिहरुको अवलोकन भ्रमणलाई अझ ब्यबस्थित बनाउन होटलमा चितवन र नवलपरासी जिल्लामा रहेका मुख्य प्रर्यटकीय क्षेत्रको श्रब्यदृष्यबाट जानकारी दिइने भएकाले आन्तरिक पर्यटकको संख्यासमेत वृद्धि हुने रिर्सोटका प्रबन्ध निर्देशक श्रीराम देवकोटाले बताए । सहकारी संस्थामा हाल करिब एक हजार २०० सेयर सदस्य र करिब ३० करोड पूँजी रहेको छ । रिसोर्ट आगामी मंसिर महिना भित्र सञ्चालनमा आउने जनाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>