भलिबल

न्यु डायमण्ड पराजित

Banner

बैशाख २२, २०७६

आइएसएप वल्र्ड यू–१५ महिला भलिबलको पहिलो खेलमा नेपालको न्यु डायमण्ड एकेडेमी २–० को सोझो सेटमा पराजित भएको छ ।

अग्ला–अग्ला कदका नेदरल्यान्ड्सका खेलाडीसँग नेपालको न्यु डायमण्डले २५–७ को सेटमा पहिलो गुमाएका थिए । दोस्रो सेटमा भने सम्हालिएको प्रदर्शन गरेको न्यु डायमण्डले कडा चुुनौती दिए पनि २५–२० को प्रतिस्पर्धात्मक स्कोरमा खेल गुमायो ।

न्यु डायमण्डका प्रशिक्षक कुमार राईले पहिलो सेटमा खेलाडीहरु अत्तिएका कारण दोश्रो सेट जस्तो पहिलो सेट प्रतिस्पर्धात्मक बन्न सकेन् । हामीले खेल्ने र यहाँको भौतिक पूर्वाधार धेरै भिन्नता छ । छोरीहरु आत्तिए जसले गर्दा पहिलो सेटमा भने जस्तो खेल खेल्न नसेकेको हो ।

म खुसी छु, त्योे स्तरको खेलमा हाम्रा खेलाडीले कडा प्रतिस्पर्धा गदै २० स्कोर सम्म पु¥याए । नेपालले सोेमवार फ्रान्ससँग खेल्नेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>