खेलकुद

नेपाल भलिबल लिगका ६ फ्रेन्चाइजको मुख्य प्रशिक्षक नियुक्त

Banner

काठमाडौँ, असार २८–

नेपाल भलिबल लिग (एनभीएल)ले ६ वटै फ्रेन्चाईजको मुख्य प्रशिक्षक बाँडफाड गरेको छ ।

पहिलो संस्करणका लागि सबै ६ वटा फ्रेन्चाइज टोलीको मुख्य प्रशिक्षक छनोट तथा बाँडफाँड प्रक्रिया काठमाडौंमा टुंगो लगाईएको हो । नेपाल भलिबल संघको समन्वय तथा नेपाल भलिबल लिगको नियमावलीअनुसार मुख्य प्रशिक्षक नियुक्ती प्रक्रिया निष्पक्ष, पारदर्शी र सहमतिपूर्ण ढंगले सम्पन्न भएको आयोजकले जनाएको छ ।

सहमती अनुसार सगरमाथा स्म्यासर्सको मुख्य प्रशिक्षणमा उत्सव खड्का नियुक्त भएका छन् भने मधेश वारियर्सको मुख्य प्रशिक्षकमा भारत यादव, काठमाडौं रेड्सको निपा बहादुर वि.क., अन्नपूर्ण स्पाइकर किंग्सको रमेश के.सी., कर्णाली शिवराजको चन्द्रबहादुर कुँवर, खप्तड फाल्कन्सको रुपेश कुमार बिष्ट मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>