भलिबल

झापामा स्थानीय तहस्तरीय भलिबल हुँदै

Banner

बैशाख २२, २०७६

भद्रपुर, झापाको शिवसताक्षी नगरपालिकामा स्थानीय तहस्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । शिवसताक्षी भलिबल क्लब र सतासीधाम जेसीजको संयुक्त आयोजनामा आगामी वैशाख ३ गतेदेखि हुने प्रतियोगिताको प्रथम पुरस्कार राशि रु ७५ हजार रहेको आज पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।

जिल्लामा भलिबल खेलाडी उत्पादन र उनीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले आगामी वैशाख ३ देखि ७ गतेसम्म दूधे खेल मैदानमा प्रतियोगिता हुने खेल संयोजक राजु श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार प्रतियोगितामा झापाका १५ वटै स्थानीय तहबाट खेलाडी सहभागी हुनेछन् । उपविजेताले रु ४५ हजार, तृतीय हुनेले रु २० हजार र सान्त्वनाले रु १० हजारसहित मेडल, ट्रफी र प्रमाणपत्र पाउने आर्थिक समितिका सदस्य विनोद खरेलले जानकारी दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>