भलिबल

न्यु डायमण्डको मिश्रित सफलता

Banner

बैशाख २२, २०७६

शनिबारदेखि शुरु भएको पाँचौं केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगितामा होङगान्जी न्यू डायमण्डले मिश्रित सफलता हात पारेको छ ।
पहिलो खेलमा पश्चिमाञ्चललाई २५–१४, २५–२२ र २५–१३ को सोझो सेटमा हराएको न्युडायमण्डले दोश्रो खेलमा पुलिससँग २५–२३, २५–१७, १६–२५ र २५–२२ को हार बेहो¥यो ।

लगनखेल स्थित आर्मीको कभर्डहलमा संचालन भएको अर्को खेलमा त्रिभुवन आर्मीले जाउलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई २५–६, २५–९ र २५–७ को सोझो सेटमा हरायो । शेरवहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा संचालन भएको प्रतियोगिताका बिजेताले २ लाख,उपबिजेताले १ लाख,तृतिय हुने टिमले ५० हजार नगद प्राप्त गर्ने छन् । त्यस्तै खेलाडीलाई प्रोत्सहन स्वरुप प्रतियोगिताको सर्वोकृष्ट खेलाडी र शेरवहादुर खड्का स्मृति स्पेशल अवार्ड बिजेतालाई सुलक्स सेन्टरबाट ३०÷३० हजार बराबरको टिसट घडी उपलब्ध गराउने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>