कालिका

बारुदी सुरुङ विस्फोटमा परी तीन बालबालिकाको मृत्यु

Banner

बैशाख २२, २०७६

अफगानिस्तानको पश्चिमी प्रान्त हेरातमा बारुदी सुरुङ विस्फोटमा परी तीन बालबालिकाको मृत्यु हुनुका साथै अन्य दुई घाइते भएका छन् ।

सरकारी स्रोतले सोमबार दिएको जानकारीअनुसार हेरात प्रान्तको गुलरान जिल्लाको चाह ए केहसानी गाउँका तालिबान लडाकू समूहले बारुदी सुरुङ विस्फोट गराएका हुन् । यस घटनामा घाइते भएका बालबालिकालाई नजिकैको अस्पतालमा लगिएको बताइएको छ ।

अफगानिस्तानमा जारी सशस्त्र द्वन्द्वमा परी सन् २०१८ मा ३ हजार ८०० व्यक्तिको मृत्यु हुनुका साथै अन्य ७ हजार १८० व्यक्ति घाइते भएको अफगानिस्तानका लागि संयुक्त राष्ट्र सङ्घीय मिसनले जानकारी दिएको छ ।

सन् २०१८ मा भएमा घटनामा ९२७ बालबालिकाको मृत्यु हुनुका साथै २ हजार १३५ बालबालिका घाइते भएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>