कालिका

बदेलको आक्रमणबाट सर्लाहीमा छ जना गम्भीर घाइते

Banner

बैशाख २२, २०७६

बदेलको आक्रमणबाट सर्लाहीमा छ जना गम्भीर घाइते भएका छन ।सोमबार बिहान स्थानीय युवाहरुले जंगली बदेललाइ मार्न लखेटेपछि बँदेलले आक्रमण गर्दा विष्णु गाउपालिका ६ का ६३ वर्षिय किष्णु मण्डल, ३२ वर्षिय नविन यादव,३० वर्षिय रामदुलार राययादव , ४७ वर्षिय रामनारायण राय , ४५ वर्षिय चुलहाई राय यादव र गोडैता नगरपालिकाका ५० वर्षिय रामएकवाल मुखिया गम्भीर घाईते भएका छन ।

बदेलले उनीहरुको शरीरको विभिन्न ठाउमा टोकेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायबउपरीक्षक प्रतीत सिंह राठौरले जानकारी दिनुभयो । गाउँका युवाहरुले बदेललाई मार्न लखेट्दै जाँदा खेतमा काम गरिरहेका किसानहरुलाई जथाभावी टोक्दै बदेल भागेको स्थानीय मनोज रायले जानकारी दिनुभयो । घाईतेहरुको जिल्ला अस्पताल मलंगवा उपचार भईरहेको छ ।जंगली बदेलकको ठूलो हुल भाग्दै हिडेकाले अरुलाए पनि टोकेको हुन सक्ने प्रहरी जनाएको छ। उतरी क्षेत्रमा बाक्लो मानव बस्ती र वन जंगलको कमी हुदै गएपछि जनावरहरु खेत बारीमा पुग्न थालेका हुन ।

केही समय अघि उतरी जंगलमा मात्र पाईने जंगली जनावर अहिले सर्लाहीको विष्णु गाउपालिका, चक्रघाटा, कविलासि नगरपालिका ,मलंगवा नगरपालिका ,गोडैता नगरपालिका ,कौडेना चन्द्रनगर, पर्सा,ब्रहम्पुरी लगायतका अधिकांश ग्रामिण भेगमा सुरक्षित बाँस स्थान र आहाराको खोजिमा भौतारीने गरेका छन । बँदेल लगाएतका जंगली जनावरले किसानले लगाएको अन्न र तरकारी बालिहरु नष्ट गरि आंतक मचाएको छ ।

यस अघि पनि बदेलको आक्रमणबाट आठ जना घाइते भइसकेका छन।बँदेललाई जिस्काउन वा मार्न जाँदा मात्र टोक्ने डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख माधवप्रसाद देवले बताउनुभयो । सुरक्षित बाँस स्थान र बच्चा उत्पादन गर्न हिडेका त्यस्ता जंगली जनावरहरु अत्यन्तै आक्रमक हुने भएकाले लखेट्न , चलाउन, मार्न खोजे ती जनावरले ज्यानै लिने देबले बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>