खैरहनी

कृषकलाई प्रविधि हस्तान्त्रण

Banner

कृषि क्षेत्रमा आधुनिकिकरण गरी बेरोजगार युवाहरुलाई स्वरोजगार बनाउने उद्देश्यले दार्चुला जिल्ला सदरमुकाम खलंगामा रहेको महाकाली नगरपालिकाले ७५ प्रतिशत अनुदानमा कृषकलाई प्रविधि उपलब्ध गराउदै आइरहेको छ । कृषि क्षेत्रको उत्पादकत्वलाई बढावा दिई स्वरोजगार बनाउन कृषकलाई प्रविधि उपलब्ध गराइरहेको महाकाली नगरपालिका कृषि शाखाका नायव प्राविधिक सहायक शेरसिह बोहराले जानकारी दिनुभयो ।

कृषक समुह, कृषक तथा कृषि फर्म र कृषि सहाकारीको मागका आधारमा प्रविधि उपलब्ध गराइरहेको उहाले बताउनु भयो । महाकाली नगरपालिकाका कृषकहरुले सबै भन्दा बढी मकै छोडाउने मेसिनको माग गरेको उहाले जानकारी दिनुभयो । चालु आर्थिक वर्षमा कृषि शाखाले कृषकहरुका लागी २५ थान मकै छोडाउने मेसिन खरिद गरी कृषकलाई उपलब्ध गराइसकेको ना.प्रा.स. बोहराले बताउनु भयो ।

यस्तै ४ वटा मिनिटिलर, र ३ वटा थ्रेसर कृषकहरुलाई उपलब्ध गराई सकेको उहाले बताउनु भयो । कृषि शाखाले कृषकहरुलाई विभिन्न जातका फलफुलका बोट, आलुको विउ उपलब्ध गराउदै आइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>