खैरहनी

दर्जन बढी अवैध ट्युसन सेन्टर

Banner

बैशाख २२, २०७६

विद्यार्थीहरुको बढ्दो चाप संगै कञ्चनपुरको महेन्द्रनगरमा वैधानिक संगै अवैधानिक ट्युसन सेन्टरले विद्यार्थी र अभिवावक माझ फरक–फरक तरिकाले रिझाएका छन् । केहिले राम्रो छाप पारेका छन्, भने केहिले कलंकको टिका ग्रहण गरेका छन् ।

कञ्चनपुरमा वैधानिक र अवैधानिक गरि झण्डै दुई दर्जन ट्युसन सेन्टरहरु सञ्चालनमा छन् । ९० प्रतिशत ट्युसन सेन्टरहरु महेन्द्रनगरमा मात्रै छन् । वि.स. ०७५ को तत्कालिन जिल्ला शिक्षा कार्यालयको तथ्याङ्क अनुसार कञ्चनपुरमा ९ ओटा ट्युसन सेन्टरहरु मात्रै दर्ता छन् ।

दर्ता र दर्ता नै नगरि सञ्चालनमा रहेका झण्डै दुई दर्जन ट्युसन सेन्टरहरुले चर्को शुल्क असुली रहेको अधिकांश विद्यार्थीहरुको भनाई छ । विद्यार्थीहरु बाट चर्को शुल्क असुल्ने उक्त ट्युसन सेन्टरले गुणस्तरियता समेत नदिने गरेको गुनासो गरे ।

महेन्द्रनगरमा केहि ठुलै नाम कहलिएका ट्युसन सेन्टरले समेत शुल्कलाई मात्रै प्राथमिकतामा राखेको र गुणस्तरियताका नाममा प्रचार गरिरहेकोमा स्थानीय बुद्धिजिबीले दुःख व्यक्त गरे ।

दर्ता भएर पनि कर नदिर्ने ट्युसन संस्थाहरुमा एक÷दुई, बाहेक सबै परेका छन् । विद्यार्थीहरुको लस्करलाई धान्न नसक्ने संस्था पनि महेन्द्रनगरमा छन् । संस्थाको सानो संरचनामा धेरै विद्यार्थीहरुलाई कोचा–कोच गर्दै राखिने गरेको पाइएको छ ।

तत्कालिन जिल्ला शिक्षा कार्यालय, कञ्चनपुरले अनुगमन र नियमन गर्दै आएका शैक्षिक गतिविधिहरु सरकारको संघीयताको प्रयास यता संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तरगतका स्थानीय निकायले अनुगमन तथा नियमन गर्नु पर्ने व्यवस्था छ ।

स्थानीय निकायहरुले अनुगमन तथा नियमन गर्नु पर्ने व्यवस्था भएपनि आज सम्म कञ्चनपुरका स्थानीयहरुले अनुगमन तथा नियमनमा कञ्जुस्याई गरेको पाइन्छ ।

सबै भन्दा धेरै ट्युसन सेन्टर, होटेल म्यानेजमेन्ट र कारियन भाषा शिक्षालय भएको भीमदत्त नगरपालिकाको अनुगमन तथा नियमन सुस्त छ । भीमदत्त नगरपालिका संग आफ्नो नगरमा के कति ट्युसन सेन्टर, होटेल म्यानेजमेन्ट र कारियन भाषा शिक्षालय छन् भन्ने यथेस्ट तथ्याङ्क छैन् ।

उक्त शैक्षिक संस्थालाई भीमदत्त नगरपालिकाले यहि ११ गते सूचना जारी गर्दै ७ दिन भित्र अनुमति नलिई सञ्चालनमा रहेका तथा अनुमति लिई नविकरण नगरेकालाई आवश्यक कागजपत्र सहित सम्पर्क राख्न अनुरोध गरेको थियो । उक्त अवधिमा सम्पर्क राख्न नआएको खण्डमा आवश्यक कारबाहिको प्रकृया समेत अगाडि बढाइने जनाइएको छ ।

सूचना प्रकाशन गरेको मितिले यहि १८ गते नै सात दिनको समय सिमा नाघेको छ । तर आइतवार सम्म पनि कञ्चनपुरका कुनै पनि ट्युसन सेन्टरहरुले भीमदत्त नगरपालिकामा सम्पर्क राखेका छैनन् ।

समय सीमा नाघ्दा पनि ट्युसन सेन्टरहरुले कानमा तेल हालेर झै सुतेको भीनपाका शिक्षा शाखा अधिकृत हरिराज जोशीले बताए । अनुमति लिएका वा अनुमति नलिएका अर्थात वैधानिक र अवैधानिक ट्युसन सेन्टरहरु जे जती छन्, अनुगमन तथा नियमन गर्ने निकाय भीमदत्त नगरपालिकालाई समेत अटेर गरेको जोशीको आरोप छ ।

अब फेरीपनि प्रकृयामा नआए छापा हान्ने र अनुमति बेगरलाई सञ्चालनमा रहेकालाई कारबाहि स्वरुप बन्द गराउने उनकोे दाबी छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>