Breaking News

जनकपुरको जानकी मन्दिर पनि अतिक्रमण देशभर भूमाफियाको बिगबिगी

Banner

जनकपुर, बैशाख १९-

काठमाडौं-देशभरका सरकारी तथा सार्वजनिक जग्गा भूमाफियाको कब्जामा परेको समाचार लगातार सार्वजनिक भइरहँदा जनकपुरको जानकी मन्दिरको सयौं बिघा जग्गा वर्षौंदेखि भूमाफियाको कब्जामा रहँदै आएको पाइएको राजधानी दैनिकमा खबर छ ।

जानकी मन्दिरको आधिकारिक से्रस्ता नै गायब गरी भूमाफियाले जनकपुर उपमहानगरपालिका क्षेत्रभित्रको अर्बौं रुपैयाँ मूल्यबराबरको ९१ बिघा १८ कट्ठा ८ धुर गुठी जग्गा अतिक्रमण गरेको पाइएको हो । तर, सरकारी निकायले लामो समयदेखि ती जग्गा मन्दिरको नाममा फिर्ता गराउन सकेको छैन । यो प्रकरणले बालुवाटारको सरकारी जग्गा अतिक्रमणलाई समेत माथ गरिदिएको छ ।

 

क्षेत्रअन्तर्गतका पोखरी मन्दिर तथा गुठीको जग्गा अतिक्रमणमा परेर नासिँदै गएको तथा भूमाफियाको सक्रियता बढेको पाइएपछि तत्कालीन श्री ५ को सरकारले २६ साउन २०६२ मा भोजराज घिमिरेको संयोजकत्वमा १० सदस्यीय उच्चस्तरीय कार्यदल गठन गरी छानबिन गरेको थियो । सो कार्यदलले ६ महिनासम्म छानबिन गरी २०६२ साल ६ माघमा अतिक्रमणसम्बन्धी विस्तृत बेहोराको प्रतिवेदन सरकारलाई बुझाएको थियो ।

समितिले महन्थहरूले मन्दिरको जग्गा, पोखरी, फूलबारीलगायतलाई आफूखुसी उपयोग गरी आश्रम निर्माण गर्ने र आवश्यक संरचना निर्माण गरेको र बिक्री वितरण गरेको भन्दै उनीहरूमाथि कारबाहीको सिफारिस गरेको थियो । कार्यदलले मन्दिरको जग्गा कब्जा गर्ने अतिक्रमणकारीलाई तत्काल हटाउन सरकारसमक्ष सिफारिस गरेको थियो । तर, त्यसयता १५ वर्षको अवधिमा मुलुकमा नौवटा सरकार बनिसकेका छन् तर कुनै पनि सरकारले जानकी मन्दिरको सो अतिक्रमण हटाउन पहल गर्न सकेका छैनन् । हाल अतिक्रमित जग्गामा व्यक्ति विशेषले पक्की घर निर्माण गर्न थालेका छन् । यस्तो कार्यले जानकी मन्दिर क्षेत्रको धार्मिक तथा सांस्कृतिक सम्पदा नासिँदै गएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>