क्रिकेट

पानी परेपछि नेपाल युएईसँग १ रनले पराजित

Banner

काठमाडौं–मलेसियामा जारी आईसीसी एसिया यु–१९ विश्वकप छनोट अन्तर्गतको आफ्नो दोस्रो खेलमा नेपाल युएईसँग १ रनले पराजित भएको छ ।

टस हारेर पहिला व्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २४७ रन बटुलेको थियो ।

जवाफि व्याटिङमा उत्रिएको युएईले ३० ओभरको सम्माप्तिमा ३ विकेटको क्षतिमा १२२ रन जोड्दा पानी पर्न शुरु भएको थियो । पानीले खेल अवरुद्ध भएपछि डकवर्थ लुइस नियम अनुसार नेपालले युएईसँग १ रनले हार व्यहोरेको छ ।

प्रतियोगितामा नेपालसहित मलेसिया, सिंगापुर, कुवेत, यूएई र ओमान छन्। शीर्षस्थानमा रहने टोलीले अर्को वर्ष दक्षिण अफ्रिकामा हुने यू१९ विश्वकप क्रिकेट खेल्ने छ ।

नेपालले पहिलो खेलमा सिंगापुरलाई २ सय १७ रनको फराकिलो अन्तरले पराजित गर्दै सानदार सुरुवात गरेको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>