राजनीति
राजपाको महाधिवेशन सर्ने निश्चित
०
काठमाडौं- राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) को महाधिवेशन तोकिएको समयमा नहुने भएको छ । महाधिवेशनको तयारी पूरा नभएको भन्दै राजपाले आगामी वैशाख ७–९ मा पूर्वघोषित महाधिवेशनको मिति सार्ने भएको हो ।
राजधानीमा तीन दिनसम्म चलेको राजपा अध्यक्षमण्डलको बैठकले महाधिवेशनको तयारी नपुगेको भन्दै अर्को मिति तय गर्न वैशाख ८ गते पदाधिकारी समितिको बैठक बोलाउने निर्णय गरेको छ ।
बैठकले पार्टी महाधिवेशन सम्पन्न गर्न नेता महन्थ ठाकुरको संयोजकत्वमा राजपा नेपाल महाधिवेशन मूल आयोजक समिति गठन गरेको राजपा अध्यक्षमण्डलका सदस्य शरत्सिंह भण्डारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>