समाचार

गरिबी निवारणका लागि जीवनस्तर सर्वेक्षण गर्दै सरकार

Banner

काठमाडौं– सरकारले गरिबी निवारण गर्ने लक्ष्यका साथ ‘नेपाल जीवनस्तर सर्वेक्षण’को काम शुरु गरेको छ ।

केन्द्रीय तथ्यांक विभागका महानिर्देशक सुमनराज अर्यालले नेपाल जीवनस्तर सर्वेक्षणको काम शुरु गरिएको जानकारी दिए ।

बुधबार संघीय संसदको अर्थ समितिको बैठकमा बोल्दै महानिर्दशक अर्यालले गरिवी निवारण गर्ने सरकारको लक्ष्यलाई सघाउ पु¥याउन विभागले जनताको जीवन स्तरको पनि सर्वेक्षण गर्ने काम अगाडि बढाइएको बताए ।

विभागले सामाजिक गतिविधि, महिला, दलित, जनजातिलगायतका समूदायहरुको पनि तथ्याङ्क संकलनको काम पनि सँगै शुरु गरेको हो ।

विभागले राष्ट्रिय योजना आयोगको सहयोगमा नेशनल डेटा प्रोफाईल बनाउने कामलाई पनि अन्तिम चरणमा पु¥याएको जनाएको छ ।

राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयाँलले मुलुकको समग्र तथ्याङ्कलाई संकलन गरेर इन्टरनेटमार्फत् जानकारी गराउने उद्देश्यका साथ सो डेटा प्रोफाईल बनाउने काम भईरहेको बताए ।

केन्द्रीय तथ्यांक विभागले नेपालमा पहिलो पटक आर्थिक गणनाको काम पनि शुरु गरेको छ । रोजगारीको अवसर सिर्जना गर्न आवश्यक तथ्यांकको लागि आर्थिक गणनाको कामलाई पनि शुरु गरिएको केन्द्रीय तथ्यांक विभागले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>