विजनेश

एडीबीको प्रक्षेपणः मुल्यवृद्धि बढ्ने, आर्थिक वृद्धिदर ६.२ प्रतिशत हुने

Banner

काठमाडौँ– यसवर्ष नेपालको आर्थिक वृद्धिदर ६ दशमलव २ प्रतिशत रहने एसियाली विकास बैंकले प्रक्षेपण गरेको छ ।

बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार कृषि क्षेत्रमा उल्लेख्य वृद्धिदर कायम हुनसक्ने भन्दै समग्र आर्थिक वृद्धिदर समेत ६ दशमलव २ प्रतिशतको हाराहारीमा रहने प्रक्षेपण गरेको हो ।

बैंकले आगामी आर्थिक वर्ष समेत नेपालको आर्थिक वृद्धिदर ६ दशमलव ३ प्रतिशतले वृद्धि हुने समेत जनाएको छ ।
एसियाली विकास बैंकले गरेको सर्वेक्षणअनुसार चालु आर्थिक वर्षमा कृषि क्षेत्रको वृद्धि आर्थिक वर्ष सम्म ४ दशमलव ५ प्रतिशत पुग्न सक्ने देखाएको छ ।

अघिल्लो वर्ष २ दशमलव ८ प्रतिशतले कृषि क्षेत्रको उत्पादन बढेको थियो । बैंकले गरेको अनुसन्धानबाट यसवर्ष धानको उत्पादन अघिल्लो वर्षभन्दा ८ दशमलव ४ प्रतिशतले बढेर ५५ लाख टन पुग्ने समेत जनाएको छ ।

बैकले गरेको प्रक्षेपणअनुसार औद्योगिक क्षेत्र ७ दशमलव १ प्रतिशतले विस्तार हुने र सेवा क्षेत्र समेत ६ दशमलव ४ प्रतिशतले बढ्न सक्ने बताएको छ । बैंकका अनुसार मुद्रास्फिति भने ४ दशमलव २ प्रतिशतबाट बढेर ४ दशमलव ४ प्रतिशतमा पुग्नेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>