विजनेश

पूर्व–पश्चिम विद्युतीय रेलमार्गको डीपीआर तयार : मन्त्री महासेठ

Banner

काठमाडौं– सरकारले पूर्व–पश्चिम विद्युतीय रेलमार्ग निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार पारेको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सो विद्युतीय रेलमार्ग निर्माणका लागि डीपीआर तयार भइसकेको जानकारी दिएका हुन् ।

सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले करिव १ हजार किलोमिटर लम्बाई रहेको सो रेलमार्गको निर्माण कार्य आगामी आर्थिक वर्षको श्रावण महिनाबाटै शुरु गर्ने योजना पनि अघि सारेको जानकारी दिए ।

मन्त्री महासेठले सरकारले एक वर्षे कार्यकालमा विकास निर्माणको काममा उल्लेख्य प्रगति गरेको दाबी गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>