मनोरञ्जन

म्युजिक भिडियोमा दिलिप र मरिष्का

Banner

काठमाडौं – गायक शंकरलाल श्रेष्ठले नयाँ गीत बजारमा ल्याएका छन् । ‘माया त लाउने हो’ बोलको लोकपप शैलीको गीतलाई आइतबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरेर सार्वजनिक गरिएको हो ।

सेलिब्रेटी नेपालको अफिसियल युट्युब च्यानलमा पनि हेर्न सकिने उक्त भिडियोमा दिलिप रायमाझी र मरिष्का पोखरेलको अभिनय देख्न सकिन्छ ।

गीतमा दयाराम दाहालको शब्द र संगीत छ । यो गीत गायक शंकरलालको दोस्रो गीत हो ।

गीतको भिडियोलाई काभ्रेका विभिन्न स्थानमा छायांकन गरिएको छ । कुशल शर्माले सम्पादन गरेको भिडियोमा रामकुमार केसीको छायांकन रहेको छ भने लिगेस भट्टराईको निर्देशन छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>